२०८३, भाद्र १ गते

Aug 17 2026 | २०८३, भाद्र १ गते

झापाली समाज ओमानको अध्यक्षमा पुनः पवन शाक्य

सोमवार , भाद्र १, २०८३

  • 169
    Shares
  • 169
    Shares
  • बरका (ओमान), १ भदौ । झापाली समाज ओमानको चौथो अधिवेशनबाट समाजका अध्यक्ष पवन शाक्य पुनः निर्विरोध निर्वाचित हुनुभएको छ । बरका सहरमा सम्पन्न उक्त अधिवेशन समाजका अध्यक्ष पवन शाक्यको सभापतित्व तथा नेपाली दूतावास मस्कटका श्रम सहचारी दामोदर ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ओमानस्थित विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरूको सहभागीता थियो । लक्ष्मी निर्मल कोइरालाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    अधिवेशनमा ओमानमा रहेर नेपाली भाषा, संस्कृति, भेषभूषा तथा मातृभूमिको माया झल्काउने साँस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएका थिए । जसले कार्यक्रमलाई रोचक र भावुक बनाएको हाल ओमानका रहनुभएका गणेश खनालले बताउनुभयो ।

    नवनिर्वाचित समितिलाई शुभकामना दिँदै ओमानस्थित संघ–संस्थाका प्रतिनिधिहरूले ओमानमा समस्यामा परेका नेपालीहरूको उद्वार र सहयोगका लागि सधै हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएका थिए ।  

    6ec778e3-de7e-4f4f-a527-041fe64f879c.jpg

    नवनिर्वाचित अध्यक्ष पवन शाक्यले आफूप्रति देखाएको विश्वास र पूर्ण जिम्मेवारीका साथ अर्को कार्यकाल सुम्पिएकोमा आभार व्यक्त गर्नुभयो । उहाँले ओमानस्थित संघ–संस्थाहरू तथा नेपाली राजदूतावाससँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।

    12e5f8ca-30d7-423c-a82d-3f9ff22de2e8.jpg