२०८३, भाद्र १ गते

Aug 17 2026 | २०८३, भाद्र १ गते

मल्लाह परिवारलाई लायन्स भैरहवा ग्रीन सिटीको सहयोग

सोमवार , भाद्र १, २०८३

  • 313
    Shares
  • 313
    Shares
  • भैरहवा, १ भदौ । आर्थिक अभावका कारण दैनिक जीवन चलाउनै कठिनाइ भोगिरहेका भागवत मल्लाहको परिवारका लागि आइतबारको दिन केही राहत पुग्योे । लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीका पदाधिकारी तथा सदस्यहरू घरमै पुगेर खाद्यान्न सामग्री हस्तान्तरण गरेका छन् । चामल, दाल, तेल, नुन, आँटा, चाउचाउ, बिस्कुट र चिउरालगायतका सामग्री पाएपछि परिवारको अनुहारमा खुसी देखिन्थ्यो ।

    यस अवसरमा बोल्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी का डिष्ट्रिक्ट चिफ श्री रायमाझीले समाजका कम भाग्यशाली नागरिकप्रति उत्तरदायित्व निर्वाह गर्नु नै लायन्सको मुख्य उद्देश्य रहेको बताउनुभयो । उहाँले यस्ता सहयोगमूलक अभियानले समाजमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गर्नुभयो ।

    लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीका अध्यक्ष भानु पौडेलले लायन्स क्लबले सामाजिक सेवाका विभिन्न क्षेत्रमा निरन्तर काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले आवश्यकतामा रहेका परिवारलाई सानो सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको बताउनुभयो । 

    ‘सहयोग केवल खाद्यान्न वितरणमा सीमित थिएन, त्यो एक परिवारप्रति समाजको साथ र अपनत्वको अनुभूति पनि थियो, ’कार्यक्रम संयोजक संजय कुमार गुप्ताले भन्नुभयो । यस्ता सामाजिक अभियानले विपन्न परिवारलाई केही समयको राहत दिनुका साथै समाजमा सहयोग र सहकार्यको संस्कृतिलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।

    क्लबका सह–सचिव अमृत खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।