२०८३, भाद्र १ गते

Aug 17 2026 | २०८३, भाद्र १ गते

लुम्बिनीमा जसपा नेपालको संसदीय दलको बैठक बस्दै

सोमवार , भाद्र १, २०८३

  • 436
    Shares
  • 436
    Shares
  • भैरहवा, १ भदौ । जनता समाजवादी पार्टी (जसपा), नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन केन्द्रीय निर्देशनपछि संसदीय दलको बैठक बसेर निर्णय गर्ने भएको छ । सो पार्टीका महासचिव डा. सुरेन्द्र कुमार झाले मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउनुभएको छ ।

    तर, लुम्बिनीमा रहेको संसदीय दल अहिलेको सरकारलाई निरन्तरता दिन चाहेको छ । सामाजिक विकास मन्त्री समेत रहनुभएका दलका नेता सन्तोष कुमार पाण्डेयले संसदीय दलको निर्णयपछि मात्र सरकारमा रहने वा नरहने निर्णय हुने बताउनुभयो । ‘सरकारबारे निर्णय संसदीय दलले गर्ने हो, केन्द्रले तोक्ने होइन,’ उहाँले भन्नुभयो ।

    पार्टीको निर्णयअनुसार आफ्ना प्रदेश सदस्य सदस्यहरुलाई विश्वासको मतको विपक्षमा मतदान गर्न पनि केन्द्रबाट निर्देशन दिइएको छ ।