२०८३, श्रावण ३१ गते

Aug 16 2026 | २०८३, श्रावण ३१ गते

प्याब्सन सिद्धार्थनगरद्वारा आयोजित लोक नृत्य प्रतियोगितामा आदर्श प्रथम

आइतवार , श्रावण ३१, २०८३

  • 442
    Shares
  • 442
    Shares
  • भैरहवा, ३१ साउन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) सिद्धार्थनगर नगरपालिका समिति, रुपन्देहीको आयोजनामा अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । शनिबार भैरहवामा आयोजित प्रतियोगितामा २३ वटा विद्यालयको सहभागीता रहेको कार्यक्रम संयोजक प्रतिक मल्लले बताउनुभयो । 

    प्रतियोगितामा आदर्श विद्या मन्दिर इङ्लिस बोर्डिङ स्कूल प्रथम, न्यू ईरा इङ्लिस बोर्डिङ स्कूल द्वितीय, पश्चिमाञ्चल इङ्लिस स्कूल तृतीय र टाईनी टडलर्स (युरो किड्स) ले सान्त्वना स्थान हासिल गरेको प्याब्सन रुपन्देहीका कार्यसमिति सदस्य निकेशदेव हटुवालले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई ५ हजार, द्वितीयलाई ३ हजार, तृतीयलाई २ हजार र प्रथम हुनेलाई १ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

    प्याब्सनको नियमित कार्यक्रम अन्तर्गत लोक नृत्य प्रतियोगिताको आयोजना गरिएको प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिकले बताउनुभयो । ‘लोक नृत्यले संस्कृतिको जर्गेना गर्छ । उहाँले भन्नुभयो–‘लोक नृत्य पनि एक किसिमको पहिचान हो ।’ उहाँले यो प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूह (विद्यालय) जिल्लास्तरीय, जिल्लास्तरीयबाट छनौट भएका विद्यालय प्रदेशस्तरीय र प्रदेशबाट छनौट भएका विद्यालय केन्द्रमा सहभागी हुने जानकारी दिनुभयो ।

    प्रतियोगितामा सुमन थापा र किरन तामाङले निर्णायकको भूमिका निर्वाह गर्नुभएको प्याब्सन सिद्धार्थनगरको सचिव सिर्जना पाठकले जानकारी दिनुभयो ।

    प्रतियोगिताको उद्घाटन गर्नुहुँदै प्रतिनिधि सभा सदस्य डा.लेखजंग थापाले शिक्षा केवल किताबको पाना मात्र नभएको बताउनुभयोे । ‘शिक्षाले हाम्रो संस्कृति, कला, संगीत र सबैभन्दा ठूलो यसले पहिचान बनाउँछ । उहाँले विद्यार्थीहरुलाई भन्नुभयो–’तपाई कहाँबाट आउनुभयो भन्ने कुरा जान्नुभएन भने कहाँ जानु छ भन्ने तपाईलाई थाहा हुँदैन ।‘ उहाँले लोक नृत्य प्रतियोगितामा विद्यार्थीहरुले उत्कृष्ट नृत्य प्रस्तुत गरेको बताउनुभयो । गुरुवर्गहरुको मार्गनिर्देशनका कारण आफू यहाँसम्म आएको बताउनुभयो । सबैको सल्लाह, मार्गदर्शन अनुसार नै अघि बढ्ने उहाँको भनाइ छ ।

    jjjj.JPG

    प्याब्सन सिद्धार्थनगरमा २६ वटा विद्यालय आबद्ध रहेको कोषाध्यक्ष दिपेन्द्र मल्लिकले बताउनुभयो ।