२०८३, श्रावण २४ गते

Aug 09 2026 | २०८३, श्रावण २४ गते

लायन्स दिवसको अवसरमा आँखा अस्पतालमा फलफूल वितरण

आइतवार , श्रावण २४, २०८३

  • 265
    Shares
  • 265
    Shares
  • भैरहवा, २४ साउन । लायन्स क्लब अफ तिलोत्तमा स्टार्सले नेपाल लायन्स दिवसको अवसरमा आँखा अस्पतालमा फलफूल वितरण कार्यक्रम आयोजना गरेको छ । 
    क्लबले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर÷श्री रण अम्बिका शाह आँखा अस्पतालमा उपचाररत बिरामीहरूलाई आइतबार फलफूल वितरण गरेको हो । 

    लायन्स क्लब अफ तिलोत्तमा स्टार्सका अध्यक्ष प्रतीक पाण्डेयको अध्यक्षता तथा लायन क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, एरिया–३ का कोषाध्यक्ष लक्ष्मी थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष पाण्डेयले अन्धोपन निवारणका लागि आगामी दिनमा पनि अस्पतालसँग मिलेर निःशुल्क आँखा जाँच कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । उहाँले लायन्स क्लब सधै समुदायको स्वास्थ्य र सेवामा समर्पित रहने बताउनुभयो ।

    रिजन चेयरपर्सन लायन खेम थापा, प्रा.डा. सुशीला पटेल, प्रा.डा. कवीन्द्र बज्राचार्य, अस्पताल व्यवस्थापक प्रकाश रायमाझी र तुलसी प्रसाद पराजुलीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    अस्पतालका व्यवस्थापक प्रकाश रायमाझी, प्रा.डा. सुशीला पटेलले मन्तव्य राख्दै लायन्स क्लबले सामाजिक र मानवीय सेवाको क्षेत्रमा पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुभयो । कार्यक्रमको सञ्चालन तथा स्वागत मन्तव्य रमेश कुमार पराजुलीले गर्नुभएको थियो ।