२०८३, श्रावण २४ गते

Aug 09 2026 | २०८३, श्रावण २४ गते

लायन्स एरिया–५ को आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

आइतवार , श्रावण २४, २०८३

  • 349
    Shares
  • 349
    Shares
  • भैरहवा, २४ साउन । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपाल अन्तर्गत एरिया–५ को आयोजनामा रुपन्देहीको भैरहवामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार भैरहवास्थित सिद्धार्थ उद्योग वाणिज्य संघ परिसरमा कार्यक्रम आयोजना गरिएको थियो ।

    एरिया–५ अन्तर्गत रहेका सम्पूर्ण लायन्स र लियो क्लबको आयोजना तथा लायन्स क्लब अफ सिद्धार्थनगर युथ र लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपको संयोजनमा कार्यक्रम भएको हो ।

    कार्यक्रममा ८६ यूनिट रगत संकलन भएको एरिया–५ का एरिया को–चिफ सुनिल सेन्चुरीले जानकारी दिनुभयो । कार्यक्रममा बढी रक्तदान गर्ने क्लबहरुमध्ये लायन्स क्लब अफ सिद्धार्थनगर युथ, लायन्स क्लब अफ सिद्धार्थनगर टुलिप, लियो क्लब अफ सिद्धार्थनगर र लियो क्लब अफ सिद्धार्थनगर बोहिमियन्सलाई सम्मान समेत गरिएको सेन्चुरीले बताउनुभयो ।

    कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका पूर्व डिष्ट्रिक गभर्नर तथा मल्टीपल डिष्ट्रिक कन्भेसन कोर्डिनेटर अर्जुनमान सैंजुले रक्तदान कार्यक्रमलाई निरन्तरता दिदै जानुपर्नेमा जोड दिनुभयो ।

    एरिया–५ का एरिया चिफ राकेश गुरुङको अध्यक्षता, निवर्तमान डिष्ट्रिक गभर्नर बालाराम भट्टराई, पूर्व डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा लायन्सका अगुवा नेत्र प्रसाद आचार्य, रुपमा हिराचन लगायतले बोल्नुभएको थियो । 

    kkkdkd.JPG

    लायन्स क्लब अफ सिद्धार्थनगर युथका अध्यक्ष हरि आचार्यको स्वागत, लायन्स क्लब अफ सिद्धार्थनगर टुलिपको अध्यक्ष शारदा रेग्मीद्वारा ध्वजा अभिवादन गरिएको कार्यक्रमको सञ्चालन एरिया–५ का सचिव अरुण पन्थीले गर्नुभएको थियो । कार्यक्रममा एरिया को–चिफ सुनिल सेन्चुरीले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।