२०८३, श्रावण २४ गते

Aug 09 2026 | २०८३, श्रावण २४ गते

भारतको हिमाचल प्रदेशमा बस दुर्घटनाः ८ जनाको मृत्यु, १० घाइते

आइतवार , श्रावण २४, २०८३

  • 196
    Shares
  • 196
    Shares
  • काठमाडौं, २४ साउन । भारतको उत्तरी राज्य हिमाचल प्रदेशमा शनिवार एउटा निजी बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।

    प्रहरीकाअनुसार हिमाचल प्रदेशको राजधानी सिमलाबाट करिव ३९३ किलोमिटर उत्तरमा पर्ने चम्बा जिल्लाको पहाडी सडकमा उक्त दुर्घटना भएको हो । गुडिरहेको बस सडकबाट चिप्लिएर तल रहेको अर्को सडकमा खसेको थियो ।

      दुर्घटनाको समयमा बसमा कुल १८ जना सवार रहेको बताइएको छ । अधिकारीहरूले दुर्घटनाको यकिन कारणबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् । यसैबीच, हिमाचल प्रदेशमा जारी अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ । वर्षा र पहिरोका कारण राज्यका १८५ वटा सडकहरू बन्द भएका छन् ।

    राज्य आपतकालीन सञ्चालन केन्द्रको तथ्याङ्कअनुसार गत जुन ३० मा मनसुन शुरु भएयता हिमाचल प्रदेशमा कुल १४३ जनाले ज्यान गुमाइसकेका छन् । तीमध्ये ६५ जनाको वर्षाजन्य विपद्का कारण र ७८ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको केन्द्रले जनाएको छ ।