२०८३, आश्विन ४ गते

Sep 20 2026 | २०८३, आश्विन ४ गते

नेपाल प्रहरी श्रीमती संघको वार्षिकोत्सवमा रक्तदान र वृक्षारोपण

बिहिवार , श्रावण २१, २०८३

  • 730
    Shares
  • 730
    Shares
  • काठमाडौं, २१ साउन । नेपाल प्रहरी श्रीमती संघ, मधेस प्रदेशले आफ्नो ४२ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान, वृक्षारोपण तथा फलफूल वितरण कार्यक्रम आयोजना गरेको छ । 

    संघले विहीवार नेपाल रेडक्रस सोसाईटीसँगको सहकार्यमा जनकपुरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । यस्तै वातावरण संरक्षणका लागि वृक्षारोपण तथा बिरामीहरूको स्वास्थ्य लाभको कामना गर्दै फलफूल समेत वितरण गरिएको छ ।

    कार्यक्रममा मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) ओमप्रसाद अधिकारीले प्रहरी जवानहरू २४ सै घण्टा फिल्डमा खटिने भएकाले उनीहरूको मनोबल बढाउन नेपाल प्रहरी श्रीमती संघले महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको बताउनुभयो । उहाँले संघले विभिन्न सामाजिक सेवामूलक तथा मानवीय कार्य पनि सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो ।

    उहाँले भन्नुभयो, हामी आशा गरौँ, आज हामीले संकलन गरेको रगतले भोली रगत नपाएर बसेकालाई जीवनदान दिन सहयोग होस्, आज हामीले रोपेको विरुवाले भोली राम्रो छहारी या फलफुल दिनसक्छ ।’

    नेपाल प्रहरी श्रीमती संघ, मधेस प्रदेशकी अध्यक्ष मनिषा उप्रेतीले प्रहरी र समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन संघले विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो । सोही अनुरुप वार्षिकोत्सवको अवसरमा रक्तदान, वृक्षारोपण तथा फलफूल वितरण कार्यक्रम आयोजना गरिएको उहँको भनाई छ ।

    संघले आगामी दिनमा पनि समुदायसँगको सहकार्य र सम्बन्धलाई थप प्रभावकारी बनाउन काम गर्ने जनाएको छ ।