२०८३, आश्विन १ गते

Sep 17 2026 | २०८३, आश्विन १ गते

सशस्त्र प्रहरीद्वारा रुपन्देहीमा १० लाख बढीको अवैध सामान बरामद

सोमवार , श्रावण १८, २०८३

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, १८ साउन । सशस्त्र प्रहरीले रुपन्देहीमा १० लाख बढीको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. डण्डा, रुपन्देहीबाट खटिएको गाडी मोबाईल टोलीले सोमबार बिहान साढे ७ बजे रोहिणी गाउँपालिका–१ स्थित सेमरपानी इलाकाबाट लत्ताकपडा, कस्मेटिक सामान र दुईथान स्कुटर बरामद गरेको हो ।

    चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी मूल्य १० लाख १२ हजार रुपैयाँ बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा., रुपन्देहीका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) दुर्गा बहादुर थापाले जानकारी दिनुभयो ।

    सामानसहित युपी ५६ बीबी १६३५ र लु ४३ प ३०७ नम्बरको स्कुटर बरामद गरिएको उहाँले बताउनुभयो । बरामद गरिएको सामान भैरहवा भन्सार कार्यालय, बेलहियामा बुझाइएको डीएसपी थापाले जानकारी दिनुभयो ।