२०८३, भाद्र २ गते

Aug 18 2026 | २०८३, भाद्र २ गते

स्थापना दिवसमा लायन्स भैरहवा लिगेसीद्वारा वृक्षारोपण

आइतवार , श्रावण १७, २०८३

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, १७ साउन । लायन्स क्लब अफ भैरहवा लिगेसीले आफ्नो पाँचौं स्थापना दिवसको अवसरमा आइतबार वृक्षारोपण कार्यक्रम गरेको छ । वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा ओमसतिया गाउँपालिका–२ पडसरीस्थित सिद्धार्थ राजमार्ग किनारमा विभिन्न प्रजातिका विरुवा रोपिएको हो ।

    क्लबका अध्यक्ष नारायण प्रसाद कोइरालाले स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले वातावरण संरक्षणका लागि वृक्षारोपण अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिनुभयो ।

    कार्यक्रम संयोजक तथा क्लबका सचिव रामनारायण ठाकुरका अनुसार स्थानीय क्षेत्रको हरियाली प्रवद्र्धन र वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले विरुवा रोपिएको हो । रोपिएका बिरुवाको संरक्षणमा पनि क्लबले विशेष ध्यान दिने उहाँको भनाइ छ।

    ढुवानी व्यवसायी संघ, लुम्बिनीको सहकार्यमा भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष रविकान्त उपाध्याय, निवर्तमान अध्यक्ष राजन शुक्ला, सल्लाहकार उमाशंकर पाठक, निर्देशक विष्णु भट्टराईलगायत क्लबका पदाधिकारी, सदस्य तथा स्थानीयबासीको सहभागीता थियो ।

    लायन्स भैरहवा लिगेसीले यसअघि पनि रुपन्देहीको मायादेवी गाउँपालिका–६, बेथरीस्थित श्री तिनाउ माध्यमिक विद्यालय परिसर र मर्चवारको दुईमुहान क्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिसकेको निवर्तमान अध्यक्ष राजन शुक्लाले बताउनुभयो । क्लबले वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।