२०८३, आश्विन १ गते

Sep 17 2026 | २०८३, आश्विन १ गते

कार्यविधि सम्बन्धि परामर्श कार्यक्रम सम्पन्न

आइतवार , श्रावण १७, २०८३

  • 769
    Shares
  • 769
    Shares
  • तिलोत्तमा, १७ साउन । पूर्व सैनिक कृषि सहकारी संस्था लिमिटेड, तिलोत्तमा नगरपालिका–७ भलवारी, रुपन्देहीले आफ्नो सहकारीसम्बन्धि नीति तथा कार्यविधि तयार गर्न परामर्श तथा छलफल कार्यक्रम शनिवार सम्पन्न गरेको छ । 

    उक्त परामर्श तथा छलफलमा सहकारी अभियन्ताहरु युवराज घिमिरे र दलबहादुर गुरुङले सहकारीका लागि आवश्यक तथा महत्वपूर्ण नीति र कार्यविधि तयार गर्नुपर्ने विषयमा सहजीकरण गर्नुभएको थियो । 

    सो परामर्श तथा छलफल कार्यक्रममा संस्थाका अध्यक्ष रामप्रसाद गुरुङ, उपाध्यक्ष कृष्णबहादुर पुन, सचिव  गिरिप्रसाद राना, कोषाध्यक्ष मोहन गुरुङ, सुपरीक्षण समितिका संयोजक टीकाबहादुर पुन, व्यवस्थापक सुनिता पुनलगायतले आफ्नो सहकारीले विगतदेखि वर्तमानसम्म सञ्चालन गर्दै आएका कामका र आगामी वर्षका लागि सहकारीले तयार पारेका योजनासम्बन्धि जानकारी प्रदान गर्नुभएको थियो । 

    संस्थाका अध्यक्ष रामप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न उक्त छलफल कार्यक्रमको सञ्चालन सचिव गिरिप्रसाद रानाले गर्नुभएको थियो ।