२०८३, भाद्र २ गते

Aug 18 2026 | २०८३, भाद्र २ गते

भैरहवामा निकालियो सद्भाव र्‍याली

शनिवार , श्रावण १६, २०८३

  • 592
    Shares
  • 592
    Shares
  • भैरहवा, १६ साउन । रुपन्देहीको भैरहवामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले शनिबार (आज) सद्भाव र्‍याली निकालिएको छ ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, रुपन्देहीसहितका विभिन्न सामाजिक, धार्मिक, नागरिक तथा युवा संघ–संस्थाहरूको सहभागीतामा र्‍याली निकालिएको हो । र्‍याली भैरहवाको लुम्बिनी गेटबाट सुरु भइ नगरका विभिन्न भाग परिक्रमा गरेको थियो । 

    p2.jpg

    र्‍यालीमा सहभागीहरूले सामाजिक सद्भाव कायम गरौं, धार्मिक सहिष्णुता प्रवद्र्धन गरौं र राष्ट्रिय एकता बलियो बनाऔं भन्ने सन्देश अंकित प्लेकार्ड बोकेर एकआपसमा सद्भाव कायम गरेका थिए । 

    र्‍यालीमा विभिन्न समुदायका प्रतिनिधि, जनप्रतिनिधि, उद्योगी–व्यवसायी, शिक्षक, विद्यार्थी तथा सर्वसाधारणको उल्लेख्य सहभागीता रहेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले जानकारी दिनुभयो । सहभागीहरूले विविधताबीचको एकता, पारस्परिक सम्मान र शान्तिपूर्ण सहअस्तित्व नै समाजको समृद्धिको आधार भएको बताएका थिए ।

    पछिल्लो समय मधेश प्रदेशका बिभिन्न जिल्लासहित समाजमा देखिन सक्ने विभाजनकारी प्रवृत्तिलाई निरुत्साहित गर्दै आपसी विश्वास, सहकार्य र भाइचाराको वातावरण सुदृढ बनाउन सद्भाव र्याली आयोजना गरिएको चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले जानकारी दिनुभयो । 

    कार्यक्रमका वक्ताहरूले कुनै पनि प्रकारको द्वेष, हिंसा वा असहिष्णुताले समाजलाई कमजोर बनाउने भएकाले सबै समुदाय आपसी सम्मान, संवाद र सहकार्यलाई अझ सुदृढ बनाउन आवश्यक रहेकोमा जोड दिएका थिए ।