२०८३, भाद्र २ गते

Aug 18 2026 | २०८३, भाद्र २ गते

रोहिणीमा सामूदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकको सरुवा गर्न सिफारिस

बिहिवार , श्रावण १४, २०८३

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • भैरहवा, १४ साउन । रुपन्देहीको रोहिणी गाउँपालिकाको शिक्षा समितिले गाउँपालिका अन्तर्गत सञ्चालित विद्यालयहरुमा कार्यरत प्रधानाध्यापक र शिक्षकको सरुवा गर्न कार्यपालिकालाई सिफारिस गर्ने निर्णय गरेको छ । 

    बिहीबार बसेको गाउँ शिक्षा समितिको बैठकले गाउँपालिकाको प्रधानाध्यापक तथा शिक्षक काजमा खटाउने सम्बन्धी कार्यविधि २०८० अनुसार विद्यालयमा विषयगत शिक्षक व्यवस्थापन, कार्यरत संस्थामा तोकिएको कार्यजिम्मेवारी, शैक्षिक नतिजा, प्रशासनिक तथा व्यवस्थापकीय समन्वय तथा कार्यकुशलताको आधारमा शैक्षिक संस्थाको सक्षमता अभिवृद्धि गर्न निर्णय गरेको गाउँपालिकाको अध्यक्ष विद्या प्रसाद यादवले बताउनुभयो । 

    गाउँ शिक्षा समितिको अध्यक्षसमेत रहनुभएका यादवका अनुसार श्री रामनरेश यादव आर्दश नमूना माध्यमिक विद्यालयका अब्दुल हलिम खानलाई पिपरहवा मावि, छिपागढ माविका इन्द्रकुमार यादवलाई रामनरेश यादव आदर्श नमूना मावि, पिपरहवा माविका मुबारक अलीलाई छिपागढ मावि, पोखरभिण्डी माविका राजकुमार चौधरीलाई बगाह मावि, पजरकट्टी माविका पवन यादवलाई बगाह मावि, रामनरेश यादव आदर्श माविका प्रल्हाद बरईलाई पिपरहवा मावि, बगाह माविका प्रेमनाथ त्रिपाठीलाई पजरकट्टी मावि, पिपरहवा माविका अम्जद अलि फकिरलाई नवजीवन आधारभूत विद्यालय र नवजीवन आधारभूत विद्यालयका भानु शंकर कोहारलाई रामनरेश यादव आदर्श माविमा सरुवा गर्न सिफारिस गरिएको छ ।

    त्यस्तै बैठकले सामूदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्षहरुमध्ये गाउँ शिक्षा समितिको सदस्य पदमा छिपागढ मावि, रोहिणी–४ का अध्यक्ष गणेश यादवलाई मनोनित गर्ने निर्णय गरेको छ ।

    त्यसै गरी बैठकले रोहिणी गाउँपालिका अन्तर्गत सञ्चालित रोहिणी–७ पोखरभिण्डास्थित मदरसा अरबिया अहले सुन्नत नुरुल ओलुमलाई विद्यालयको आफ्नै स्रोतमा मात्र सञ्चालन गर्ने गरी कक्षा सञ्चालनको अनुमति दिने निर्णय गरेको छ ।