२०८३, भाद्र २ गते

Aug 18 2026 | २०८३, भाद्र २ गते

असक्त व्यक्तिलाई ह्विलचेयर वितरण गरेर मनाइयो स्थापना दिवस

बिहिवार , श्रावण १४, २०८३

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा । जेसीआइ सिद्धार्थ लेडी नेपालले आफ्नो ३०औँ स्थापना दिवसको अवसरमा सिद्धार्थनगर नगरपालिका–८, बसडिलवा स्थित शिवमन्दिरमा तीन जना असक्त व्यक्तिलाई ह्विलचेयर वितरण गरिएको छ।

    सृजना ज्ञवालीको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत असक्त व्यक्तिहरूलाई ह्विलचेयर हस्तान्तरण गरेको हो।

    सन १९९६ मा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर सरिना श्रेष्ठको अगुवाइमा स्थापना भएको जेसीआइ सिद्धार्थ लेडी नेपालले विगत तीन दशकदेखि व्यक्तित्व विकास, नेतृत्व विकास र मानवताको सेवामा केन्द्रित विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले स्थापना कालदेखि हालसम्म ३० जना सक्षम नेतृत्व उत्पादन गरिसकेको जनाएको छ।

    WhatsApp Image 2026-07-29 at 8.34.12 PM.jpeg

    कार्यक्रममा सियारी गाउँपालिका–१ चिलियाकी ७९ वर्षीया विष्णु देवी केसी, ओमसतिया गाउँपालिका–२ जितपुरका ७ वर्षीय अङ्कुश यादव र ओमसतिया गाउँपालिका–२ पडसरीका ७६ वर्षीय रामप्रसाद धरिकारलाई ह्विलचेयर प्रदान गरिएको कार्यक्रम सयोजक विवता बस्यालले जानकारी दिनुभयो ।

    शिवमन्दिर व्यवस्थापन समितिका कार्यवाहक उपाध्यक्ष नरबहादुर कुँवरको प्रमुख आथित्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सामाजिक सेवामा क्रियाशिल हुन आग्रह गर्न्भयो । अनुजा केसीले सञ्चालन गरेको कार्यक्रममा मनिषा पाण्डे पोखरेलले जेसीज आस्था पाठ गर्नुभएको थियो ।

    कार्यक्रममा जेसीआइ सिद्धार्थ लेडीकी निवर्तमान अध्यक्ष प्रतिमा तिम्लिसिना भण्डारी र जेसीआइ सिद्धार्थ नेपालका कार्यवाहक कार्यकारिणी उपाध्यक्ष हिमबहादुर खत्रीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    ह्विलचेयर प्राप्त गरेका तीनै जना लाभग्राहीको हातबाट केक काटेर संस्थाको ३०औँ स्थापना दिवस मनाइएको थियो । कार्यक्रममा जेसीआइ सिद्धार्थ लेडीका पूर्व अध्यक्षहरू, बोर्डका पदाधिकारीहरू तथा जेसीआइ सिद्धार्थ नेपालका पदाधिकारी एवं सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रममा ह्विलचेयर उपलब्ध गराई सहयोग पुर्‍याउने नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर भोलेश्वर दुलालप्रति जेसीआइ सिद्धार्थ लेडी नेपाल परिवारले हार्दिक आभार व्यक्त गरेको छ।