२०८३, श्रावण १४ गते

Jul 30 2026 | २०८३, श्रावण १४ गते

बुद्ध सामुदायिक सेवा समाजको नवनिर्वाचित कार्यसमितिलाई सम्मान

बिहिवार , श्रावण १४, २०८३

  • 202
    Shares
  • 202
    Shares
  • भैरहवा, १४ साउन । बुद्ध सामुदायिक सेवा समाज तथा सामुदायिक प्रहरी सेवा केन्द्र सिद्धार्थनगर वडा नम्बर ४, ६, १० र ११ को नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको छ । सिद्धार्थनगर नगरपालिका ४ नम्बर वडा कार्यालयले बुधबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

    समाजको गत असार २७ गते सम्पन्न १५ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशनले श्रीचन्द्र जयसवालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । जयसवाल दोस्रो कार्यकालका लागि अध्यक्षमा पुनः निर्वाचित हुनुभएको थियो । वडा कार्यालयले निर्वाचित समाजका पदाधिकारी, कार्यसमिति सदस्यसँगै मनोनित सल्लाहकारहरुलाई सम्मान गरेको हो ।

    कार्यक्रममा बोल्नुहुँदै सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला)ले बुद्ध सामुदायिक सेवा समाज तथा सामुदायिक प्रहरी सेवा केन्द्रको भवनको यही कार्यकालमै निर्माणसम्पन्न गरी उद्घाटन गर्ने लक्ष्यका साथ अघि बढेको बताउनुभयो । उहाँले समाजको नवनिर्वाचित कार्यसमितिलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । 
    सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता समेत रहनुभएका यादवले नागरिक र प्रहरीबीचको सम्बन्ध अझै सुमधुर बनाउनुपर्नेमा जोड दिनुभयो ।

    बुद्ध सामुदायिक सेवा समाजका अध्यक्ष श्रीचन्द्र जयसवालले आफूहरुलाई निर्वाचित गराउने संस्थाका सदस्यहरु र सम्मान कार्यक्रम गर्ने वडा कार्यालय परिवारप्रति आभार व्यक्त गर्नुभयो । 

    ssssssssss.JPG

    वडा सदस्य हरि बहादुर के.सी.को स्वागत तथा सहायक कम्प्युटर अपरेटर कल्पना खनालको सञ्चालनमा सम्पन्न कार्यक्रममा बुद्ध सामुदायिक सेवा समाजको उपाध्यक्ष शुभद्रा पौडेल, सह–कोषाध्यक्ष सन्तोष शुक्ला, फूलबारी सेवा समाजका अध्यक्ष हुकुमराज गुरुङलगायतले बोल्नुभएको थियो ।