२०८३, भाद्र २ गते

Aug 18 2026 | २०८३, भाद्र २ गते

स्वर्गीय श्रेष्ठको योगदानको स्मरण गर्दै पश्चिम नेपाल बस प्रा.लि.ले मनायो शोक

बिहिवार , श्रावण १४, २०८३

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • बुटवल, १४ साउन । नेपाली काँग्रेसका वरिष्ठ नेता एवं संघका पूर्व उपाध्यक्ष गोपालमान श्रेष्ठको निधनप्रति गम्भिर शोक प्रकट गर्दै पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले बुधबार कार्यालय बन्द गरेको छ । लामो समय यातायात ब्यबसायीको रुपमा सक्रिय रहनुभएका स्व.श्रेष्ठ साविकको पश्चिम नेपाल बस व्यवसायी संघको पूर्व उपाध्यक्ष हुनुहुन्थ्यो । वि.सं. २०३९-०४१ सालमा श्रेष्ठ संघको उपाध्यक्ष रहनुभएको वर्तमान अध्यक्ष दधिराम खरेलले बताउनुभयो । 

    प्रा.लि.को प्रधान कार्यालय बुटवलमा आयोजित शोक सभामा बोल्दै अध्यक्ष खरेलले स्व. श्रेष्ठले समग्र यातायात क्षेत्र र संस्थागत विकासमा पुर्याउनुभएको योगदानको स्मरण गर्दै नेता र मन्त्री रहँदाको अवस्थामा पनि अभिभावकीय भूमिका खेलेको बताउनुभयो । 

    प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले यातायात क्षेत्रलाई सबल, व्यवस्थित र सक्षम बनाउन स्व. श्रेष्ठले खेलेको भूमिका उल्लेखनीय रहेको चर्चा गर्दै यातायात क्षेत्रले सच्चा अभिभावक गुमाएको बताउनुभयो । 

    कार्यक्रममा प्रा.लि.का सञ्चालक तथा पश्चिम नेपाल यातायात सहकारीका उपाध्यक्ष जीवनकुमार बन्जाडे, कोषाध्यक्ष मोहन पिएस, सञ्चालकहरु चेतनारायण बेलबासे, जितेन्द्र खत्री, नारायण भण्डारी, रामचन्द्र खड्का लगायतले पश्चिम नेपाल बस व्यवसायी संघको संस्थागत विकास र व्यवसायीहरुको हकहित संरक्षणमा स्व.श्रेष्ठको भूमिका अतुलनीय रहेको बताउनुभयो ।