२०८३, आषाढ ३१ गते

Jul 15 2026 | २०८३, आषाढ ३१ गते

क्यान्सर पीडितलाई आर्थिक सहयोग

बुधवार , आषाढ ३१, २०८३

  • 397
    Shares
  • 397
    Shares
  • भैरहवा, ३१ असार । चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही)ले क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । संस्थाले बुधबार सिद्धार्थनगर नगरपालिका–८ निवासी लक्ष्मी थापालाई उहाँको घरमै पुगेर ३१ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

    क्यान्सर लागेर उपचार गराइरहनुभएकी थापालाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाका सदस्यहरुबाट संकलित रकम हस्तान्तरण गरिएको चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष सचिन रोक्काले बताउनुभयो । उक्त रकम पीडित लक्ष्मी थापाको छोरा अजय थापालाई हस्तान्तरण गरिएको संस्थाका कोषाध्यक्ष धिरज कुमार मल्लिकले बताउनुभयो ।

    रकम हस्तान्तरण गर्न अध्यक्ष सचिन रोक्का, वरिष्ठ उपाध्यक्ष राम मिलन यादव, महासचिव लक्ष्मी अधिकारी, कोषाध्यक्ष धिरज कुमार मल्लिक, सचिवालय सदस्य राम प्रसाद भण्डारी र कार्यसमिति सदस्य गोविन्द सापकोटा जैसी थापाको घर पुग्नुभएको थियो ।