२०८३, आषाढ ३१ गते

Jul 15 2026 | २०८३, आषाढ ३१ गते

दक्षिण अफ्रिकालाई हराउँदै केन्या फिफा यु–१७ महिला विश्वकपका लागि छनोट

बुधवार , आषाढ ३१, २०८३

  • 214
    Shares
  • 214
    Shares
  • काठमाडौँ, ३१ असार । केन्याको जुनियर स्टारलेट्स टोलीले दक्षिण अफ्रिकालाई पराजित गर्दै सन् २०२६ को फिफा यु–१७ महिला विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

    छनोट चरणको अन्तिम खेलको दोस्रो लेगमा दक्षिण अफ्रिकामाथि ३–१ को जित निकाल्दै केन्याले विश्वकपको टिकट पक्का गरेको हो । नैरोबीस्थित न्यायो नेशनल स्टेडियममा भएको उक्त खेलमा प्राप्त नतिजासँगै केन्याले समग्रमा ५–१ को फराकिलो अग्रतासहित विश्वकपमा स्थान बनाएको हो ।

    यसअघि भएको पहिलो लेगको खेलमा पनि केन्याले जित हासिल गरेको थियो । मुख्य प्रशिक्षक मिल्ड्रेड ओमारी चेचेको नेतृत्वमा केन्याली टोली दोस्रो पटक विश्वकपका लागि छनोट भएको हो । यसअघि सन् २०२४ मा केन्याले यस प्रतियोगितामा पहिलो पटक ऐतिहासिक डेब्यु गरेको थियो।

    टोलीको यस सफलताप्रति खुशी व्यक्त गर्दै केन्याका राष्ट्रपति विलियम रुटोले भर्चुअल माध्यमबाट टोलीलाई बधाई तथा शुभकामना दिनुभएको छ ।