२०८३, आश्विन २२ गते

Oct 08 2026 | २०८३, आश्विन २२ गते

लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धको अध्यक्षमा सुरज भट्टराई

शुक्रवार , आषाढ २६, २०८३

  • 700
    Shares
  • 700
    Shares
  • भैरहवा, २६ असार । लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धको पद हस्तान्तरण समारोह बिहीबार भैरहवामा सम्पन्न भएको छ । समारोहमा सन् २०२५/०२६ का अध्यक्ष संजोग राजले सन् २०२६÷२७ का अध्यक्ष सुरज भट्टराईलाई पद हस्तान्तरण गर्नुभएको थियो । 

    क्लबका संस्थापक अध्यक्ष एमजेएफ गौतम कुमार गुप्ताको प्रमुख आतिथ्यता, एमफेएफ सुनिल सेन्चुरी, प्रशान्तमणि रामदाम, दिनेश कुमार गुप्ता, रवि श्रेष्ठ (क्लबका पूर्व अध्यक्ष गौतम गुप्ता, नबिल बैंक लिमिटेड लुम्बिनी प्रदेशका प्रमुख अमित केसीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    क्लबका संस्थापक अध्यक्ष गुप्ताले क्लबले स्थापनाकालदेखि समाजसेवामा पुर्याउँदै आएको योगदानको चर्चा गर्नुभयो । उहाँले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

    WhatsApp Image 2026-07-10 at 10.30.04 AM.jpeg

    समीर बस्नेतको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।