२०८३, श्रावण १ गते

Jul 17 2026 | २०८३, श्रावण १ गते

होटल पौवा भैरहवा शाखालाई खाद्य सुरक्षा मूल्यांकनमा ‘क’ श्रेणीसहित ९७ अंक प्राप्त

मंगलवार , आषाढ २३, २०८३

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा, २३ असार । होटल पौवा प्रा.लि. भैरहवा शाखाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, रुपन्देहीद्वारा गरिएको खाद्य सुरक्षा तथा स्वच्छता अनुगमनमा १०० मध्ये ९७ अंक प्राप्त गर्दै ‘क’ (ए) श्रेणी हासिल गरेको छ ।

    अनुगमनका क्रममा होटलको भान्सा, खाद्यपदार्थको भण्डारण, सरसफाई, खाद्य तयारी प्रक्रिया, कर्मचारीको व्यक्तिगत स्वच्छता तथा खाद्य सुरक्षा मापदण्डहरूको विस्तृत मूल्यांकन गरिएको थियो । उत्कृष्ट व्यवस्थापन र खाद्य सुरक्षाप्रतिको प्रतिबद्धताका आधारमा होटललाई Very Good (A)  रेटिङ प्रदान गरिएको हो ।

    यो उपलब्धिप्रति खुसी व्यक्त गर्दै होटल पौवा प्रा.लि.का महाप्रबन्धक शालिक राम खरेल (निसान) ले भन्नुभयो-‘ग्राहकलाई सुरक्षित, स्वच्छ र गुणस्तरीय सेवा प्रदान गर्नु हाम्रो पहिलो दायित्व हो । यो सफलता सम्पूर्ण होटल परिवारको मेहनत, अनुशासन र सेवाप्रतिको समर्पणको परिणाम हो । आगामी दिनमा पनि खाद्य सुरक्षा तथा उत्कृष्ट आतिथ्य सेवामा कुनै सम्झौता नगरी अझ उच्च मापदण्ड कायम राख्नेछौं ।’

    होटल व्यवस्थापनले यस सफलतामा योगदान पुर्याउने सम्पूर्ण कर्मचारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, रुपन्देही तथा होटलप्रति विश्वास गर्ने सम्पूर्ण ग्राहकप्रति  आभार व्यक्त गरेको छ । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने आफ्नो नारालाई आत्मसात गर्दै होटल पौवा भैरहवा शाखाले आगामी दिनहरूमा पनि सुरक्षित, स्वच्छ र गुणस्तरीय आतिथ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।