मंगलवार , आषाढ २३, २०८३
काठमाडौँ, २३ असार । चीनको मध्य भागमा पर्ने हुबेई प्रान्तमा सोमवार राति आएको भीषण आँधीबेहरी र चट्याङका कारण आठ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
प्रान्तीय आपतकालीन व्यवस्थापन अधिकारीहरूकाअनुसार सोमवार साँझ ७ देखि ११ बजेको बीचमा हुआङ्सी, हुआङ्गगाङ, एजु र सियाननिङ लगायतका क्षेत्रमा प्रतिकूल मौसमका कारण तिब्र गतिको हावाहुरी र भारी वर्षा भएको थियो ।
स्थानीय अधिकारीहरूका अनुसार दुईवटा नगरपालिकाहरूमा हावाको गति लेभल १३ सम्म पुगेको थियो भने केही क्षेत्रमा टोर्नाडो (भुमरी) समेत आएको थियो ।
विपद्का कारण भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ भने प्रभावित क्षेत्रमा अहिले उद्धार र खोजी कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij