२०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

प्रवासी नेपाली एकता समाज, यूएईको अध्यक्षमा नारायण आचार्य

मंगलवार , आषाढ २३, २०८३

  • 952
    Shares
  • 952
    Shares
  • दुबई (यूएई), २३ असार । संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीहरूको सामाजिक संस्था प्रवासी नेपाली एकता समाज, यूएईको तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकाल २०२६–२०३० का लागि नारायण आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गर्दै संस्थालाई नयाँ नेतृत्व हस्तान्तरण गरेको छ । 

    नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा हरि कंडेल, महिला उपाध्यक्षमा बसन्ती रायमाझी, उपाध्यक्षमा राम प्रसाद पाण्डे, हरिहर जयसवाल, महासचिवमा राम प्रसाद ढकाल, कोषाध्यक्षमा सञ्जिव आर्यवीर, सचिवमा सागर दाहाल, सन्तोष कुमार न्यौपाने (सम्पत कुमार), कोषाध्यक्षमा विजय तिवारी, सह–सचिवमा अर्पणा ढुंगाना, बलेन्द्र मल्ल, प्रवक्तामा कृष्ण खड्का र सह–प्रवक्तामा मित्रलाल कुँवर रहनुभएको छ ।

    त्यस्तै सदस्यहरुमा पार्वती सिग्देल, दीपा सुवेदी, छबिलाल पाण्डे, टीकाराम कोइराला, ज्योति खनाल, रमा शर्मा, स्वेता नेपाल, देवी पाण्डे, बिन्दु पाण्डे, पञ्चकुमारी क्षेत्री, गीता खरेल, दुर्गा सापकोटा, मणि काश्यप, अनीश सुनार, रमेश गिरी र दुर्गा प्रसाद कोइराला रहनुभएको छ । अधिवेशनले विगतका उपलब्धीहरूको समीक्षा गर्दै आगामी चार वर्षका लागि नयाँ योजना र नयाँ नेतृत्व चयन गरेको मञ्चले जनाएको छ ।

    प्रवासी नेपाली एकता समाजले स्थापनाकालदेखि नै यूएईमा रहेका नेपालीहरूको हकहित, सामाजिक सद्भाव, आपसी सहयोग, मानवीय सेवा तथा नेपाली भाषा, कला, संस्कृति र परम्पराको संरक्षणमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । 

    कार्यबाहक अध्यक्ष नारायण आचार्यको सभापतित्व, संस्थाका सचिव रामप्रसाद ढकालको सञ्चालनमा भएको कार्यक्रमा सह–सचिव बसन्ती रायमाझीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य तोयानाथ लम्सालले भन्नुभयो–‘विदेशमा बस्ने नेपालीहरूले रेमिट्यान्स मात्र होइन, नेपालको भाषा, संस्कृति, सभ्यता र राष्ट्रिय पहिचानलाई पनि विश्वसामु चिनाइरहेका छन् । त्यसैले प्रवासी नेपालीहरूलाई एकताबद्ध बनाउने संस्थाहरू अझ सक्रिय हुन आवश्यक छ ।’ उहाँले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै यूएईमा रहेका नेपालीहरूको समस्या समाधान, सामाजिक सेवा, श्रमिक अधिकार, सांस्कृतिक संरक्षण तथा नेपालको विकासमा रचनात्मक योगदान पुर्याउन आग्रह गर्नुभयो । उहाँले विदेशमा रहेका नेपालीहरू नेपालको अमूल्य सम्पत्ति भएको उल्लेख गर्नुभयो ।

    WhatsApp Image 2026-07-06 at 9.45.09 PM (1).jpeg

    कार्यक्रमका प्रमुख अतिथि लम्साललाई आयोजक संस्थाले दोसल्ला, सम्मानपत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरेको थियो । नवनिर्वाचित अध्यक्ष श्री नारायण आचार्यले आफ्नो पहिलो सम्बोधनमा आफूलाई विश्वास गरी नेतृत्वको जिम्मेवारी प्रदान गर्ने सम्पूर्ण सदस्य तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । उहाँले प्रवासी नेपाली एकता समाजलाई कुनै व्यक्ति वा समूहको नभइ सम्पूर्ण प्रवासी नेपालीहरूको साझा संस्था बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।