२०८३, आषाढ २२ गते

Jul 06 2026 | २०८३, आषाढ २२ गते

भन्सारमा यात्रुलाई अनावश्यक हैरानी गर्ने चारजना पक्राउ

सोमवार , आषाढ २२, २०८३

  • 457
    Shares
  • 457
    Shares
  • भैरहवा, २२ असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित भैरहवा भन्सार कार्यालयको यात्रु शाखामा बिचौलियाको कार्र्य गरी यात्रुहरुलाई अनावश्यक हैरानी दिइरहेको अवस्थामा प्रहरीले चारजनालाई नियन्त्रणमा लिइएको छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा सशस्त्र प्रहरी बल नेपाल २७ नं.गण हे.क्वा. रुपन्देहीबाट डग स्नीफिङ समेतका लागि खटिएको संयुक्त टोलीले गरेको स्वीप अपरेशनका दौरान आइतबार उनीहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने चारैजना भारतीय नागरिक हुन् ।

    भारतको उत्तरप्रदेश महाराजगंज कुलही बस्ने २१ वर्षिय राज पालसहित उनको साथबाट ४ हजार ९ सय ५० भारतीय रुपैयाँ, नेपाली रकम ४ सय रुपैयाँ र मोबाइल १  थान नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले बताउनुभयो ।

    त्यस्तै भारतीय नम्बर प्लेटको मोटरसाइकलसहित उत्तरप्रदेश कुशीनगर बस्ने २१ वर्षिय विपिन कुसुवा, सोही स्थान बस्ने २२ वर्षिय साजित अन्सारी र उत्तरप्रदेश गोरखपुर इटहीया बस्ने अन्दाजी २५ वर्षिय अमित यादवलाई नियन्त्रणमा लिइएको रुपन्देही प्रहरीले जनाएको छ ।