सोमवार , आषाढ २२, २०८३
भैरहवा, २२ असार । रोटरी क्लब अफ भैरहवाले नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित भैरहवास्थित रक्त सञ्चार सेवा केन्द्र (ब्लड बैंक) लाई एकथान एसी प्रदान गरेको छ ।
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमस) मा रहेको उक्त ब्लड बैंकमा एसी हस्तान्तरण गरिएपछि शाखा प्रमुख राम प्रसाद सापकोटासहित कर्मचारी एवं रक्तदाता समेतले खुसी व्यक्त गर्नुभएको थियो ।
क्लबका अध्यक्ष अजय कुमार गुप्ता, पूर्वअध्यक्ष रामु पन्थीको विशेष पहलमा एसी व्यवस्थापन गरिएको थियो । रोटरीको सर्भिस प्रोजेक्ट अन्तर्गत उक्त कार्यक्रममा क्लबका पूर्वअध्यक्षहरु मनिष भट्टराई, पवन पौडेल, उमेशचन्द्र आचार्य, प्रेसिडेन्ट नोमिनी श्याम क्षेत्री, सचिव हरि प्रसाद आचार्य, इन्भायरमेन्ट चेयर कुन्दन बज्राचार्यसहितको उपस्थिति रहेको थियो ।
अध्यक्ष भएपछि पहिलो कार्यक्रम अन्तर्गत सबैखाले बिरामीलाई अत्यावश्यक रक्तलाई संचय गर्ने कार्यालयलाई सामग्री प्रदान गर्न पाएकोमा आफूसहित सम्पूर्ण रोटरी क्लब परिवार खुशी भएको अध्यक्ष गुप्ताले बताउनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij