२०८३, आषाढ २१ गते

Jul 05 2026 | २०८३, आषाढ २१ गते

मुक्तिनाथ विकास बैंकद्वारा ओमसतिया–१ मा ह्वीलचेयर प्रदान

आइतवार , आषाढ २१, २०८३

  • 298
    Shares
  • 298
    Shares
  • भैरहवा, २१ असार । मुक्तिनाथ विकास बैंक लिमिटेडले रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर १ स्थित ठुटीपीपलमा तीन थान ह्वीलचेयर प्रदान गरेको छ । बैंकका मोनिटरिङ्ग अधिकृत गेहेन्द्र भट्टराईले आइतबार ओमसतिया–१ का वडाअध्यक्ष बेल बहादुर बराल मगरलाई ह्वीलचेयर हस्तान्तरण गर्नुभएको हो ।

    मुक्तिनाथ विकास बैंकको कोटिहवा शाखा प्रबन्धक शोभा गुरुङ्गले बैंकले नियमित रुपमा आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभयो । सोही क्रममा ओमसतिया–१ तीनजना शारीरिक रुपमा अशक्त, बिरामीहरुलाई केही रुपमा भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले ह्वीलचेयर प्रदान गरिएको बताउनुभयो ।

    कार्यक्रममा बैंकको कोटिहवा शाखाका सुनिल श्रेष्ठ, राजकुमार ज्ञवाली, वडाका जनप्रतिनिधि, कर्मचारी र स्थानीय बासिन्दाहरुको उपस्थिति थियो ।