२०८३, आश्विन १७ गते

Oct 03 2026 | २०८३, आश्विन १७ गते

मायादेवीमा मनाइयो १०४ औं अन्तर्राष्ट्रिय सहकारी दिवस

आइतवार , आषाढ २१, २०८३

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, २१ असार । रुपन्देहीको मायादेवी गाउँपालिकामा १०४ औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको छ । दिवसको अवसरमा गाउँपालिकाको सहकारी शाखाको आयोजनामा शनिबार उत्कृष्ट सहकारी संस्था तथा पदाधिकारी पुरस्कार कार्यक्रम गरिएको छ ।

    उत्कृष्ट सहकारी संस्थामा मायादेवी बहुउद्देश्यीय सहकारी संस्था, मायादेवी–७ तथा उत्कृष्ट कर्मचारीमा सगरमाथा बचत तथा ऋण सहकारी संस्था, मायादेवी–८ को व्यवस्थापक अम्बिका अधिकारीलाई पुरस्कार प्रदान गरिएको हो ।

    WhatsApp Image 2026-07-05 at 8.54.26 AM (1).jpeg

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीको प्रमुख आतिथ्यता, प्रशासन शाखा प्रमुख पम्फा पन्थको स्वागत तथा सहकारी शाखा प्रमुख सीता थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    WhatsApp Image 2026-07-05 at 8.54.26 AM (2).jpeg

    कार्यक्रममा गाउँपालिका प्रवक्ता शैलेन्द्र कुमार पाण्डेय, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यसहित विभिन्न सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीका साथै गाउँपालिकाका कर्मचारीको उपस्थिति थियो ।