२०८३, आषाढ १९ गते

Jul 03 2026 | २०८३, आषाढ १९ गते

१३ वटा लायन्सको संयुक्त आयोजनामा ‎रक्तदान

शुक्रवार , आषाढ १९, २०८३

  • 259
    Shares
  • 259
    Shares
  • बुटवल, १९ असार । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ पी अन्तरगत का १३ वटा लायन्स क्लबहरूको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ बुटवल डायनामिक लेडिज, लायन्स क्लब तिलोत्तमा स्टार्स, लायन्स क्लब अफ बुटवल मेट्रोसिटी, लायन्स क्लब अफ बुटवल इलाइट, लायन्स क्लब अफ बुटवल स्माटसिटि, लायन्स क्लब अफ बुटवल शुभश्री, लायन्स क्लब अफ बुटवल संसार, लायन्स क्लब अफ बुटवल स्टार्स, लायन्स क्लब अफ बुटवल इन्भारमेन्ट, लायन्स क्लब अफ बुटवल मदरल्याण्ड, लायन्स क्लब अफ बुटवल साउथ, लायन्स क्लब अफ रुपन्देही मदरल्याण्ड, लियो क्लब अफ बुटवल स्टार्स र लियो क्लब अफ बुटवल संसारको संयुक्त सहकार्यमा ‘वृहत रक्तदान कार्यक्रम’गरिएको हो ।

    कार्यक्रममा सहभागिता, उत्साह र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताले यसलाई अत्यन्त सफल र प्रभावशाली बनाएको आयोजकहरूले बताएका हुन । ‎कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी को फस्ट भाइस डिष्ट्रिक गभर्नर मीना पन्थीले रक्तदानलाई मानव जीवन बचाउने सबैभन्दा ठूलो सेवा भन्दै रक्तदाता सदस्यहरूलाई पिन लगाई सम्मान गर्नुभयो । उहाँले भन्नुभयो–‘रक्तदान केवल रगत दिने प्रक्रिया होइन, यो मानवता र जीवनको उपहार हो ।’
    धेरै युवाहरू पहिलोपटक रक्तदान गरेको अनुभव सुनाउँदै आगामी दिनहरूमा पनि नियमित रूपमा रक्तदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । ‎रक्तदाता र स्वयंसेवकलाई प्रमाणपत्र वितरण गरिएको थियो । आयोजक क्लबका अध्यक्षमध्ये बुटवल स्टार्सका अध्यक्ष ढकेश्वर भट्टराईले अब ९० दिनको अन्तरालमा रक्तदान गर्ने बताउनुभयो । ‘यो कार्यक्रम हामी सबैको सामूहिक प्रयासको नतिजा हो । मानव सेवा हाम्रो प्रमुख ध्येय हो र हामी यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं ।’

    ‎‎कार्यक्रमले १३ क्लबहरूबीचको सहकार्य, समाजमा सकारात्मक सन्देश र सामाजिक उत्तरदायित्वप्रतिको चेतना झन् मजबुत बनाएको सहभागीहरूले बताएका छन् । आयोजकले आगामी दिनमा अझ व्यापक रूपमा रक्तदान अभियान सञ्चालन गर्ने योजना समेत सार्वजनिक गरेका छन् ।‎‎ बुधबार बुटवल अमरपथस्थित रक्त संचार केद्रमा रक्तसंचार बुटवलको प्राविधिक सहयोगमा रक्तदान गरिएको हो । कार्यक्रममा ९० पोईन्ट रगत संकलन गरिएको थियो ।

    कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि का सचिव आशिष कृष्ण श्रेष्ठ, जिएसटि कोडिनेटर प्रकाश श्रेष्ठ, एरिया ३ एरिया चिफ बैकुण्ठ श्रेष्ठ, पिआरओ चिफ प्रकाश भट्टराई लायन्स बुटवल स्टार्सका अध्यक्ष ढकेश्वर भट्टराई ,लायन्स क्लब अफ बुटवल संसारका अध्यक्ष राजेश खत्री ,लायन्स क्लब अफ बुटवल मेटेसिटिका अध्यक्ष ध्रुर्व कोइराला, लायन्स क्लब अफ स्मार्टसिटीका अध्यक्ष डिल्लीराज ढकाल ,लायन्स क्लब अफ बुटवल डायनामीक लेडिजका अध्यक्ष रुपा बेल्बासे, लायन्स क्लब अफ बुटवल शुभश्री अध्यक्ष राजन नेपाल, लायन्स क्लब अफ बुटवल इन्भाइरमेन्ट ा अध्यक्ष मधुसुधन पाण्डे, लायन्स क्लब अफ बुटवल मदरल्याण्डका अध्यक्ष विष्णु शर्मा भट्टराई, लायन्स क्लब अफ तिलोत्तमा स्टार्सका अध्यक्ष राम प्रसाद शर्मा, लायन्स क्लब अफ बुटवल साउथका अध्यक्ष एप्पल भण्डारी, लायन्स क्लब अफ रुपन्देही मदरल्याण्डका अध्यक्ष विमला अर्याल, लियो क्लब अफ बुटवल स्टार्सका प्रथम उपाध्यक्ष प्रकाश खरेल, लियो क्लब अफ संसारका अध्यक्ष स्नीधी जोसी लागायत लायन्स तथा अन्य प्रतिनिधिको सहभागीतमा रक्त संचार केन्द्र बुटवलमा रक्तदान गरिएको थियो ।