
बिहिवार , बैशाख ३०, २०७८
बुटवल, ३० वैशाख ।
रुपन्देहीमा कोरोना संक्रमणका कारण हुने मृत्यूदर बढे पनि नयाँ संक्रमित हुनेको संख्या ह्वात्तै घटेको छ । आज बिहीबार १८ जना कोरोना संक्रमितको निधन भएको छ भने गत २४ घण्टामा झण्डै ५ सयजना नयाँ संक्रमित थपिएका छन् । योसंगै जिल्लामा कोरोना संक्रमणबाट निधन हुनेकोसंख्या ३ सय २७ पुगेको छ । जिल्लामा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ४ सय ७० नाघेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार नयाँ थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा १ सय ८७ जना महिला र १ सय ७ जना पुरुष गरी १ सय ९४ जना रहेका छन् । त्यस्तै तिलोत्तमामा ७० जना महिला र ६० जना पुरुष गरी १ सय १३ जना थपिएका छन भने सिद्धार्थनगरमा १८ जना महिला र २७ जना पुरुष गरी जम्मा ४५ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै देवदहमा ९ जना महिला र ११ जना पुरुष गरी २० जना संक्रमित नयाँ फेला परेका छन भने सैनामैनामा २२ महिला र १९ पुरुष गरी ४१ जना संक्रमित फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ । सबै स्थानीय तहमा नयाँ कोरोना संक्रमितको संख्या हिजो अस्तिको तुलनामा निकै कम रहेको स्वास्थ्य कार्यालयको भनाइ छ । हिजो र अस्ति संक्रमणदर दैनिक झण्डै हजारको हाराहारीमा पुगेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij