
बिहिवार , बैशाख ३०, २०७८
नवलपरासी, ३० वैशाख ।
कोरोना भाइरसको संक्रमणदर बढ्दै गएपछि पश्चिम नवलपरासीमा पुनः जेठ १५ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । बिहीबार बसेको जिल्ला जिल्ला सुरक्षा समितिको निर्णयबाट जेठ १ गतेबाट लागू हुने गरी १५ दिन निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए । समितिले यसअघिको बैठकमा वैशाख २१ गते राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
योसंगै थप गरिएको निषेधाज्ञामा भने स्वास्थ्य क्षेत्रका सेवाबाहेक अन्य सबै क्षेत्र पूर्ण रुपमा बन्द गरिने प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए ।
जिल्लामा बिहीवारसम्म कोरोना सक्रिय संक्रमितको संंख्या १ हजार १ सय ९९ पुगेको छ । त्यस्तै जिल्लामा हालसम्म ८६ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij