२०८३, आषाढ ७ गते

Jun 21 2026 | २०८३, आषाढ ७ गते

दुर्गा सामुदायिकले बनायो वार्षिक योजना

आइतवार , आषाढ ७, २०८३

  • 328
    Shares
  • 328
    Shares
  • भैरहवा, ७ असार । श्री दुर्गा सामुदायिक सेवा केन्द्र सिद्धार्थनगर नगरपालिका ३, ५ र ६ ले दुईदिने वार्षिक योजना कार्यशाला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पाल्पामा भएको कार्यशालाले वार्षिक योजना बनाएको छ । 

    सेवा केन्द्रका अध्यक्ष अजय कुमार गुप्ताका अनुसार जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी सुरक्षित वाताबरण बनाउने, लागुऔषध दुव्र्यसनी र ओसारपसारलाई निरुत्साहित गर्ने, साईबर क्राइम, घरेलु हिंसासम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गर्ने, सरसफाई, फोहोर व्यवस्थापन, ऐतिहासिक दुर्गा मन्दिर सुन्दरीकरण, ध्वनी प्रदूषण न्यूनीकरण लगायतका विभिन्न विषयमा केन्द्रीत रहेर योजनाहरु निर्माण गरिएको थियो ।

    सेवा केन्द्रका अध्यक्ष अजय कुमार गुप्ताको अध्यक्षता, जिल्ला प्रहरी कार्यालय, रुपन्देही (सामुदायिक प्रहरी शाखा)का प्रहरी नायव निरीक्षक प्रतिक्षा कार्कीको प्रमुख आतिथ्यता, सेवा केन्द्रको उपाध्यक्ष शकुन्तला अधिकारीको स्वागत तथा महासचिव एवं कार्यक्रम संयोजक पुनम क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा सेवा केन्द्रका पूर्वअध्यक्ष दीपक श्रेष्ठ, सल्लाहकार दिलिप कुमार मल्लिकलगायतले मन्तव्य राख्नुभएको थियो ।

    WhatsApp Image 2026-06-21 at 10.27.16 AM.jpeg


    कार्यक्रममा संस्थाको उपाध्यक्ष नन्दकिशोर यादव, सह–कोषाध्यक्ष पुनम जयसवाल, सदस्यहरु कल्पना ज्ञवाली, शान्ता भण्डारी, विजय चन्द ठकुरी, वर्षा अर्याल, जोगेन्द्र गुप्ता, विष्णु गुप्ता, दुर्गा कोसी, विनिता गुप्ता, पदेन सदस्य प्रहरी जवान हरिश बिष्ट, सल्लाहकारहरु दीपक श्रेष्ठ, आनन्द न्यौपाने, बलराम अधिकारी, किशोर शर्मालगायतको उपस्थिति थियो ।