आइतवार , आषाढ ७, २०८३
भैरहवा, ७ असार । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना तथा रुपन्देही क्रिकेट संघको समन्वयमा आइतबारदेखि ‘वाईवाई यु–१९ लुम्बिनी प्रदेश छनौट क्रिकेट प्रतियोगिता’ सुरु भएको छ । प्रतियोगिता भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशाला र दाङको देउखरीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष विनय राजभण्डारीले बताउनुभयो ।
प्रतियोगितामा रुपन्देही, बाँके, दाङ, कपिलवस्तु, पाल्पा, बर्दिया र पश्चिम नवलपरासी गरी ७ वटा जिल्लाको सहभागीता रहेको अध्यक्ष राजभण्डारीले जानकारी दिनुभयो । भैरहवामा रुपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी र पाल्पा तथा देउखुरीमा बाँके, बर्दिया र दाङ जिल्लाको टीम खेल्ने उहाँको भनाइ छ । ५० ओभरको खेल (वान डे म्याच) हुने र प्रतियोगिता असार १३ गतेसम्म सञ्चालन हुने अध्यक्ष राजभण्डारीले बताउनुभयो ।
रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले प्रतियोगिताबाट छनौट भइ एउटा प्रदेशको टीम बनाइने बताउनुभयो। उहाँले खेलाडीहरुलाई अनुशासित भइ उत्कृष्ट खेल प्रदर्शन गर्न शुभकामना दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij