बिहिवार , आषाढ ४, २०८३
भैरहवा, ४ असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ स्थित शहिद पथबाट प्रहरीले दुईवटा भारतीय नम्बर प्लेटका सवारीसाधन नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतसमेतबाट सञ्चालन गरिएको ‘सर्च एण्ड स्वीप अपरेशन’ अन्तर्गत दुईवटा कार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बुधबार बेवारिसे अवस्थामा रहेका अन्दाजी मूल्य २७ लाख बराबरको युपी ५३ बीडी ००२९ नम्बरको हुण्डाई कम्पनीको र युपी ५३ डीएफ ६९८० नम्बरको महिन्द्रा कम्पनीको कार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दले बताउनुभयो ।
नियन्त्रणमा लिइएका सवारीसाधन आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय, बेलहियामा बुझाइएको डीएसपी चन्दले जानकारी दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij