२०८३, आषाढ ४ गते

Jun 18 2026 | २०८३, आषाढ ४ गते

एसियन बुद्ध होटलले मनायो चौथो वार्षिक उत्सव

बिहिवार , आषाढ ४, २०८३

  • 298
    Shares
  • 298
    Shares
  • भैरहवा, ४ असार । रुपन्देहीको भैरहवास्थित एसियन होटल लिमिटेड (एसियन बुद्ध होटल)ले आफ्नो चौथो वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सव अवसरमा होटलले बुधबार सत्संग तथा १०८ बढी ब्राहमण भोजन कार्यक्रम गरेको छ ।

     कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न स्थानका बाह्रमणहरुलाई एकछाक खाना खुवाइएको होटलका अपरेसन हेड जे.पी.सुवेदीलाई बताउनुभयो ।

    ‘फरक किसिमले केही नयाँ कार्यक्रम गरौं भन्ने उद्देश्यले चौथो वार्षिक उत्सव मनाएका छौं, ’सुवेदीले भन्नुभयो ।
    कार्यक्रममा होटलका निर्देशक तिलकराम घिमिरे, अपरेसन हेड जे.पी.सुवेदीसहित कर्मचारीहरुले ब्राहमणहरुलाई रुद्राक्षमाला तथा टीका लगाएर स्वागत गर्नुभएको थियो ।

    कार्यक्रममा धार्मिक अभियन्ता, कथावाचक भिमकान्त पन्थीले एसियन बुद्ध होटलले राम्रो कार्यक्रमको आयोजना गरेको बताउनुभयो । उहाँले होटलको अझ धेरै शाखाहरु खुल्दै जाओस् भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
    त्यस्तै ज्योतिष पण्डित जर्नादन न्यौपानेले एसियन बुद्ध होटलको व्यवसायिक सफलताको कामना गर्नुभयो ।
    शिला आचार्यको स्वागत, शिवहरि न्यौपानेको धन्यवाद ज्ञापन तथा सुन्दर भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    त्यस्तै होटलले आफ्नो चौथो वार्षिक उत्सवकै अवसरमा बुधबार बिहान रक्तदान कार्यक्रमको आयोजना गरेको छ । 
    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘रक्तदान जीवनदान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै होटल परिसरमा आयोजना गरिएको कार्यक्रममा ३३ यूनिट रगत संकलन भएको होटलका अपरेसन हेड जे.पी. सुवेदीले बताउनुभयो ।
    नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्त सञ्चार सेवा एकाईको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको एसियन बुद्ध होटलले जनाएको छ ।

    कार्यक्रममा होटलका निर्देशक तिलकराम घिमिरे, होटलका कर्मचारी, रक्तदाता लगायतको उपस्थिति थियो ।
    सिद्धार्थनगर नगरपालिका–८ बसडिलवामा रहेको चारतारे एसियन बुद्ध होटलले विभिन्न सामाजिक कार्य पनि गर्दै आएको छ ।