२०८३, आषाढ ४ गते

Jun 18 2026 | २०८३, आषाढ ४ गते

देशैभरीका बाल सुधार गृहको निरीक्षण गर्न गृहमन्त्रीलाई आग्रह

बिहिवार , आषाढ ४, २०८३

  • 232
    Shares
  • 232
    Shares
  • भैरहवा, ४ असार । प्रतिनिधि सभा कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गत गठित बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमितिले रुपन्देहीको भैरहवास्थित बाल सुधार गृहको स्थलगत निरीक्षण तथा अवलोकन गरेको छ ।

    उपसमिति संयोजक (प्रतिनिधि सभा सदस्य) नीनु कुमारी कर्ण, उपसमिति सदस्य खिमा वि.क., भूमिका श्रेष्ठ, साजिदा खातुन सिद्धिकी लगायतले बुधबार बालगृहको निरीक्षण गर्नुभएको हो ।

    निरीक्षणपश्चात प्रतिनिधि सभा सदस्य साजिदा खातुन सिद्धिकीले बाल सुधार गृहको क्षमता भन्दा बढी बालकहरु राखिएको पाइएको बताउनुभयो । उहाँले देशभरीका बालगृहलाई छिटो भन्दा छिटो राम्रो, सुविधासम्पन्न र व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । सांसद् सिद्धिकीले २४ घण्टा एउटै कोठामा बस्दा बालकको मनोविज्ञानमा असर पुग्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो । ‘साघुँरो ठाउँमा धेरै बालकहरु बस्दा राम्रो हुँदैन, ’उहाँले भन्नुभयो । यहाँको अवस्थाबारे आफूले सदन र संसदीय समितिमा पनि कुरा उठाउने बताउनुभयो । बाल सुधार गृहलाई खाली र प्रयाप्त स्थानमा स्थानान्तरण आवश्यक देखिएको उहाँको भनाइ छ ।

    llll.jpg

    उहाँले देशको सबै बाल सुधार गृहमा निरीक्षण गर्न गृहमन्त्री सुधन गुरुङलाई समेत आग्रह समेत गर्नुभयो । बालबालिकाले पाउनुपर्ने अधिकार राज्यले दिनुपर्ने बताउनुभयो । तीनै तहको सरकार, राजनीतिक दल, प्रहरी–प्रशासन, नागरिक समाज सबै लागेर बाल सुधार गृहको प्रभावकारी व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

    निरीक्षणमा सहभागी सिद्धार्थनगर नगरपालिकाको प्रमुख उमा अधिकारीले यहाँको बाल सुधार गृह स्थानान्तरणको एकदमै खाँचो रहेको बताउनुभयो । उहाँले बाल सुधार गृह नै सुधार्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

    वि.सं. २०७५ सालमा स्थापना भएको बाल सुधार गृह, रुपन्देहीमा हाल १ सय ११ जना बाल कैदी/थुनुवा छन् ।