२०८३, आषाढ ३ गते

Jun 17 2026 | २०८३, आषाढ ३ गते

भैरहवामा न्यायिक सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

बुधवार , आषाढ ३, २०८३

  • 223
    Shares
  • 223
    Shares
  • भैरहवा, ३ असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले मंगलबार भैरहवामा न्यायिक सचेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा जनप्रतिनिधि, न्यायिक समिति सदस्य, मेलमिलापकर्ता, महिला स्वास्थ्य स्वयंसेविका र महिला समूहको सहभागीता रहेको नगरपालिकाका न्यायिक समिति सदस्य थानेश्वर पाण्डे (प्रकाश)ले बताउनुभयो ।

    कार्यक्रमको उद्घाटन गर्नुहुँदै नगर उपप्रमुख उमा अधिकारीले नगरपालिका र सरकारले केही गरेन भन्नु भन्दा पनि सरकारले गरेका कार्यक्रमहरुमा नागरिकको सहभागीता आवश्यक रहेको बताउनुभयो । न्याय सम्बन्धी जानकारी तथा सचेतना प्रदान गर्ने उद्देश्यले कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।

    नगरपालिकाको न्यायिक समिति संयोजक समेत रहनुभएकी उपप्रमुख अधिकारीले कार्यक्रमका सहभागीहरुले आफूले पाएको ज्ञान समाजमा पुर्याउनुपर्ने बताउनुभयो । विकास एकैपटक हुन नसक्ने र क्रमिक रुपमा हुने उहाँले बताउनुभयो ।
    सिद्धार्थनगर नगरपालिकाको सहायक प्रशासकीय अधिकृत साधना पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

    fffff.jpg

    कार्यक्रमको सहजीकरण अधिवक्ता हेमा न्यौपानेले गर्नुभएको थियो ।