सोमवार , आषाढ १, २०८३
भैरहवा, १ असार । २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सिद्धार्थनगरबाट उत्कृष्ट अंक (चार जीपीए) ल्याउने विद्यार्थी र जीवन विज्ञान प्रशिक्षकहरुलाई सम्मान गरिएको छ ।
पश्चिमाञ्चल जीवनयोग प्रयोगशाला सिद्धार्थनगर नगरपालिका–६, रुपन्देहीले भैरहवामा आयोजना गरेको एक कार्यक्रमकाबीच उहाँहरुलाई सम्मान गरिएको हो । सम्मानित हुने विद्यार्थीमा पश्चिमाञ्चल इङ्लिस स्कूलका अभिनव उपाध्याय, साई ग्लोबल एकेडेमीका प्रशान्त पाण्डे, शिवांश मिश्रा र मोर्डन पब्लिक स्कूलका आर्यन चौरसिया र अमरज्योति बोर्डिङ स्कूलका संरक्षण न्यौपाने रहनुभएको छ ।
त्यस्तै सम्मानित हुने जीवन विज्ञान प्रशिक्षकमा गंगा घिमिरे, सीता पराजुली, सीता भण्डारी र राजु ढकाल रहनुभएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका उपनिर्देशक जीवन प्रकाश पाण्डेयले सम्मानित हुने विद्यार्थीहरुको उज्जवल भविष्यको शुभकामना व्यक्त गर्नुभयो । उहाँले जीवन र जगतको बारेमा बुझ्न आग्रह गर्नुभयो ।
त्यस्तै जीवन विज्ञान परिषद्, रुपन्देहीका अध्यक्ष खगनाथ गैरेले पश्चिमाञ्चल जीवनयोग प्रयोगशालाले उत्कृष्ट कार्य गर्दै आएको बताउनुभयो ।
जीवन विज्ञान प्रशिक्षक तथा पश्चिमाञ्चल इङ्लिस स्कूलका प्राचार्य राजु ढकालले विद्यार्थीहरुले जीवन जिउने कला सिके अगाडि बढ्न सक्ने बताउनुभयो ।
पश्चिमाञ्चल जीवनयोग प्रयोगशालाको सचिव माया खनालले प्रयोगशालाले विभिन्न सामाजिक कार्य पनि गर्दै आएको बताउनुभयो ।
पश्चिमाञ्चल जीवनयोग प्रयोगशालाका कार्यबाहक अध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षता तथा मेनुका सुवेदी जि.सी.को सञ्चालनमा भएको कार्यक्रममा जीवन विज्ञान प्रशिक्षक सीता भण्डारी, विद्यार्थी अभिवन उपाध्याय, समाजसेवी गोविन्द प्रसाद रेग्मीलगायतले बोल्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij