
बुधवार , बैशाख २९, २०७८
बुटवल, २९ वैशाख ।
रुपन्देहीमा आज १६ जना कोरोना संक्रमितको निधन भएको छ भने पछिल्लो २४ घण्टामा ९ सय ७ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै जिल्लामा कोरोना संक्रमणबाट निधन हुनेको कुल संख्या २ सय ९ पुगेको छ भने हाल सक्रिय संक्रमितको संख्या २० हजार नाघेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार नयाँ थपिएका संक्रमितमध्ये सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा १ सय ९०जना महिला र २ सय ५ जना पुरुष गरी ३ सय ९५ जना रहेका छन् । त्यस्तै तिलोत्तमामा ८९ जना महिला र ८५ जना पुरुष गरी जम्मा १ सय ७४ जना थपिएका छन् भने सिद्धार्थनगरमा ४३ जना महिला र ५९ जना पुरुष गरी १ सय २ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै देवदहमा २९ जना महिला र ५८ जना पुरुष गरी ८७ जना संक्रमित नयाँ फेला परेका छन भने सैनामैनामा १८ महिला र ४१ पुरुष गरी ५९ जना संक्रमित फेला परेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यसै गरी रोहिणीमा ११ महिला र १० पुरुष गरी २१ जना, शुद्धोधनमा ३ महिला र १० पुरुष गरी १३ जना, ओमसतियामा ५ महिला र ९ पुरुष गरी १४ जना, कञ्चनमा ४ महिला र ९ पुरुष गरी १३ जना, कोटहीमाईमा १ महिला र २ पुरुष गरी ३ जना र लुम्बिनी सांस्कृतिक नगरपालिकामा १ महिला र १ पुरुष गरि जम्मा २ जना संक्रमित नयाँ फेला परेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij