२०८३, जेठ १२ गते

May 26 2026 | २०८३, जेठ १२ गते

बुटवलमा एडभान्स्ड एस्थेटिक्स र हेयर स्टाइलिङ सम्बन्धी सेमिनार

मंगलवार , जेठ १२, २०८३

  • 28
    Shares
  • 28
    Shares
  • बुटवल, १२ जेठ । ब्यु्ूटी तथा हेयर स्टाइलिङ क्षेत्रमा भित्रिरहेका नयाँ प्रविधि र सीपबारे व्यवसायी तथा प्राविधिकलाई अद्यावधिक गराउने उद्देश्यसहित समृद्धि सलोन एण्ड एकेडेमीले एकदिने एडभान्स्ड एस्थेटिक्स तथा हेयर स्टाइलिङ सेमिनार सम्पन्न गरेको छ ।

    कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लासहित अन्य क्षेत्रबाट ब्यूटिसियन तथा हेयर स्टाइलिस्टहरूको सहभागीता थियो । कार्यक्रममा नयाँ प्रविधि, आधुनिक उत्पादनको प्रयोग विधि तथा सही–गलत उत्पादन छुट्याउने विषयमा व्यवहारिक प्रशिक्षण दिइएको आयोजकले जनाएका छन् ।

    समृद्धि सलोन एण्ड एकेडेमीका सञ्चालक मोहन ठाकुरले ब्यूटी क्षेत्रमा दैनिक नयाँ टेक्निक र उत्पादनहरू आइरहेकाले व्यवसायीलाई समयानुकूल अपडेट राख्न यस्ता कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले समृद्धिले ‘ग्रो टुगेदर’ को अवधारणालाई आत्मसात गर्दै नयाँ स्किल र प्रविधि आउनेबित्तिकै तालिम तथा सेमिनार सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो ।

    सेमिनारमा मुख्य रूपमा ‘डाक्टर स्किन’ फेसियल किटको सही प्रयोग, यसको नयाँ अपडेट तथा ‘सेल्भेरा प्रो न्यानोप्लास्टिया’ सम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिएको थियो ।

    प्रशिक्षकहरूले बजारमा उपलब्ध अन्य उत्पादनभन्दा क्याल्भेरा प्रो न्यानोप्लास्टिया कसरी फरक छ र यसको प्रभावकारी प्रयोग कसरी गर्ने भन्ने विषयमा कुमकुम हर्बल इण्डष्ट्रिज प्रालिका चन्द्रकला छन्त्याल रानाले सहभागीलाई जानकारी गराउनुभएको थियो ।

    कार्यक्रममा कुमकुम हर्बल इण्डष्ट्रिज प्रालिका अध्यक्ष हरि अधिकारीले कम्पनीले उत्पादन गर्दै आएका जडीबुटीयुक्त कस्मेटिक्स सामग्रीको गुणस्तर र बजार विस्तारबारे जानकारी दिनुभयो  । उहाँका अनुसार कम्पनीले विगत १६ वर्षदेखि नेपालमा जडीबुटीमा आधारित सौन्दर्य सामग्री उत्पादन गर्दै आएको छ ।

    हाल कम्पनीले ‘डाक्टर स्किन’ ब्राण्ड अन्तर्गत फेसियल किट तथा कपाल उपचारका लागि प्रयोग हुने न्यानोप्लास्टिया बजारमा ल्याएको जनाएको छ । कम्पनीले आफ्नै ब्राण्डका साथै अन्य कम्पनीहरूका लागि थर्ड पार्टी म्यानुफ्याक्चरिङमार्फत पनि सामग्री उत्पादन गर्दै आएको छ ।

    कुमकुम हर्बलद्वारा उत्पादित सामग्री नेपालका विभिन्न बजारसँगै मलेसिया, दुबई, सिंगापुर, कतार र क्यानाडासम्म निर्यात भइरहेको सञ्चालक दिपेश श्रेष्ठले बताउनुभयो ।

    पूजा पन्थीको सञ्चालनमा भएको सेमिनारमा कपिलवस्तु, दाङ, बाँके, नवलपरासी, रुपन्देही, पाल्पा र स्याङ्जालगायत जिल्लाबाट सहभागी भएका ब्यूटिसियन तथा हेयर स्टाइलिस्टहरूले आधुनिक प्रविधि र उत्पादनबारे व्यवहारिक ज्ञान हासिल गर्नुभएको थियो ।