२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

सांसद देवेन्द्रराज कंडेलको पहलमा प्रशासनलाई ६० थान अक्सिजन हस्तान्तरण

मंगलवार , बैशाख २८, २०७८

परासी, २८ वैशाख । 
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एव प्रतिनिधिसभा सांसद देवेन्द्रराज कंडेलले ६० थान अक्सिजन जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई हस्तान्तरण गरेका छन् । उनको पलहमा एनआरएनए कन्गो शाखाको आर्थिक सहयोगमा उक्त ६० वटा अक्सिजन व्यवस्थापन गरी आज प्रशासन कार्यालयलाई बुझाइएको छ । 

नयाँ भेरियन्टसहितको कोभिड–१९ को बढदो संक्रमणले जिल्लाबासीहरु संक्रमित भई अक्सिजनको अभावमा मृत्यु हुने गरेको मृत्युदरलाई रोक्न र जिल्लामा अक्सिजनको पुर्ति गर्ने उद्देश्यले कंडेलले व्यक्तिगत रुपमा पहल गरी २ सय थान अक्सिजन सिलिण्डरको जोहो गरेका छन् । जसअन्तर्गत आज मात्र ६० थान अक्सिजन सिलिण्डर प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रलाई हस्तान्तरण गरिएको नेता कंडेलको स्वकीय सचिव कमलकिशोर रायमाझीले जानकारी दिए ।

अक्सिजन सिलिण्डर लायन्स क्लब अफ बुटवल र लियो क्लब अफ रामग्रामको व्यवस्थापनमा जिल्लामा ल्याइ प्रशासन कार्यालयलाई हस्तान्तरण गरिएको छ । 

नेता कंडेल बाहिर रहेकाले अक्सिजन सिलिण्डर  लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय, रामग्राम नगरपालिका कार्यपालिका सदस्य सुनिता श्रेष्ठ, कमलकिशोर रायमाझी, लियो क्लब अफ रामग्राम अध्यक्ष विकाश घिमिरे, युवा सचेतना क्लबका अध्यक्ष ईमामुल अलि लगायतले उक्त ६० थान अक्सिजन सिलिण्डर प्रशासनलाई हस्तान्तरण गर्दै थप अक्सिजनहरु चाँडै उपलब्ध गराउने विश्वास व्यक्त गरे । 

यी अक्सिजनहरु जिल्लाका कोभिड अस्पताल र आइसोलेशन सेन्टरहरुमा व्यवस्थापन गरी संक्रमित विरामीहरुलाई दिईनेछ । यसबाट तत्काल जिल्लामा अक्सिजनको अभाव हट्ने र बिरामीहरुलाई राहत हुने विश्वास गरिएको छ ।