२०८३, आश्विन २४ गते

Oct 10 2026 | २०८३, आश्विन २४ गते

सार्वजनिक चासोका मुद्दाको फैसला गरेको दिन सामाजिक सञ्जाल नहेर्नु : न्यायाधीश पोखरेल

सोमवार , जेठ ११, २०८३

  • 925
    Shares
  • 925
    Shares
  • काठमाडौं, ११ जेठ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले सार्वजनिक चासोका मुद्दामा पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जालबाट  टाढा रहन न्यायाधीश र वकिलहरुलाई आग्रह गर्नुभएको छ । 

    काठमाडौंमा आयोजित ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

    उहाँले सार्वजनिक सरोकारको मुद्दाको फैसलामाथि आउने प्रतिक्रियाले न्यायाधीश र कानून व्यवसायीको मनोविज्ञानमा असर पार्नसक्ने बताउनु भयो । कुनै मुद्दाको फैसला वा बहसपछि सामाजिक सञ्जालमा आउने प्रशंसा र आलोचनाले व्यक्तिमा अतिरञ्जित आत्मविश्वास वा नकारात्मक सोच विकास गराउने भएकाले सामाजिक सञ्जालबाट टाढा रहनुपर्ने उहाँको भनाइ छ ।

    उहाँले भन्नुभयो, ‘जुन पब्लिकको चासो भएको मुद्दाको बहस गर्नुहुन्छ वा हामी न्यायधीशहरुले फैसला गर्छौँ त्यो दिनको बेलुकाको सोसियल मिडिया नहेर्ने । कुनै एउटा फैसला ग¥यो वा कुनै एउटा राम्रो मुद्दाको बहस गर्यो भने त्यसको नतिजा राम्रो आयो भने प्रसंशा आउँछ । ओ हो म त भयंकर रैछु भन्ने वा नराम्रो भए राक्षस नै रहेछु  भन्ने सोचाइको विकास हुन्छ ।

    त्यसकारण त्यो दिनको बेलुकाको अनलाइन मिडिया र सोसियल मिडिया हेर्नु भएन भने भोलि बिहानदेखि त्यो कुराको भाष्य नै परिवर्तन भइसकेको हुन्छ । त्यसकारण तपाइले जुनदिन सार्वजनिक सरोकारको मुद्दाको पैरवी वा फैसला गर्नुह्न्छ त्यो दिनको केही पनि नहेर्नु ।’

    न्यायाधीश पोखरेलले तत्कालीन प्रतिक्रियाभन्दा समयसँगै सार्वजनिक धारणा परिवर्तन हुने भएकाले संवेदनशील मुद्दामा संलग्न हुनेहरुले त्यसदिन अनलाइन र सोसल मिडिया नहेर्नु नै उपयुक्त हुने धारणा राख्नुभयो ।