
शव व्यवस्थापनमा समस्या
मंगलवार , बैशाख २८, २०७८
बुटवल, २८ वैशाख ।
पत्याउनै गाह्रो समाचार छ, बुटवलमा एकैदिनमा ११ जना कोरोना संक्रमितको मृत्यू भएको छ । बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका ११ जना कोरोना संक्रमतिको एकै रातमा मृत्यु भएको हो ।
लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार मृत्यु हुनेमा रुपन्देहीका ६, कपिलवस्तुका ३, प्युठान र नवलपरासीका १/१ जना रहेका छन् । डा.थापाका अनुसार बुटवल ११ का ४२ वर्षिय पुरुषको सोमबार राती ९ बजेर ८ मिनेटमा मृत्यु भएको थियो भने सैनामैना ३ रुपन्देहीका ४९ वर्षिय पुरुषको सोमबार राती नै करिब ९ बजे मृत्यु भएको थियो ।
त्यस्तै सैनामैना ३ कै ४२ वर्षिय अर्का पुरुषको सोमबार राती ८ बजे, बुटवल ११ का ३६ वर्षिय पुरुषको मध्यराती १२ बजेर ४५ मिनेटमा, कञ्चन ४ रुपन्देहीका ३० वर्षिय महिलाको बिहान २ बजेर ः५० मिनेटमा तथा रुपन्देहीका २१ वर्षिया महिलाको बिहान ९ बजेर ७ मिनेटमा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।
त्यस्तै बुद्धभुमी कपिलवस्तुका ४० वर्षिय पुरुषको सोमबार राती १२ बजेर ३० मिनेटमा, बुद्धभुमी कपिलवस्तुकै ४० वर्षिय पुरुषको बिहान ३ बजेर ३३ मिनेटमा र चन्द्रौटा कपिलवस्तुका ३३ वर्षिय पुरुषको सोमबार राती ११ बजे मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए । डा. गौतमका अनुसार कोरोना बिशेष अस्पतालमा उपचाररत प्युठान गौमुखी ७ का ५० वर्षिय पुरुषको आज बिहान करिब ४ बजे मृत्यु भएको छ ।
एकैरातको समयमा यति ठुलो संख्यामा कोरोना संक्रमितहरुको निधन भएपछि शव व्यवस्थापनमा समस्या आएको प्रवक्ता डा. गौतमले बताए । आज थपिएसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २ सय ८५ पुगेको छ । तत्काल सजगता र सतर्कता नअपानाए हताहती हुने क्रम जारी रहने सम्भावना अझै रहेको विज्ञहरुको आंकलन छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij