२०८३, जेठ १० गते

May 24 2026 | २०८३, जेठ १० गते

एमाले सचिवालय बैठक शुरु

आइतवार , जेठ १०, २०८३

  • 163
    Shares
  • 163
    Shares
  • काठमाडौं, १० जेठ । नेकपा (एमाले) को सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निजी निवासमा शुरु भएको छ ।

    बैठकमा पार्टीको साङ्गठनिक कार्यविभाजन, विभिन्न कार्यदलहरूको गठन तथा वर्तमान राजनीतिक घटनाक्रम लगायतका समसामयिक विषयहरूमा छलफल भइरहेको छ ।

    विशेष गरी, पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरण र पछिल्लो राजनीतिक परिस्थितिबारे ठोस निर्णय लिन यो बैठक आह्वान गरिएको हो । बैठकको कार्यतालिकाअनुसार यसअघिका छलफलहरूमा पार्टीका पदाधिकारीहरूले उठाएका प्रश्न र जिज्ञासाहरूको सम्बन्धमा अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ ।

    बैठकले पार्टीको साङ्गठनिक संरचनालाई थप व्यवस्थित बनाउन आवश्यक जिम्मेवारी बाँडफाँट र कार्यदल गठनसम्बन्धी निर्णयहरू गर्नेछ ।