२०८३, जेठ १० गते

May 24 2026 | २०८३, जेठ १० गते

पाँचौं वादोरियो राष्ट्रिय कराते प्रतियोगिताका लागि खेलाडी छनौट

आइतवार , जेठ १०, २०८३

  • 169
    Shares
  • 169
    Shares
  • भैरहवा, १० जेठ । नेपाल वादोरियो कराते डो संघ लुम्बिनी प्रदेशले पाँचौं वादोरियो राष्ट्रिय कराते प्रतियोगिताका लागि खेलाडी छनौट कार्यक्रम सम्पन्न गरेको छ । रुपन्देहीको देवदह नगरपालिकास्थित खैरेनीमा कार्यक्रम सम्पन्न भएको हो।

    कार्यक्रम संघको लुम्बिनी प्रदेशका उपाध्यक्ष शोभाखर पन्तको सभापतित्व तथा समाजसेवी बादल पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

    lddddddddd.jpg

    सो अवसरमा बोल्दै प्रदेश उपाध्यक्ष पन्तले कराते खेलको विकास, खेलाडीको अनुशासन र राष्ट्रिय तरमा उत्कृष्ट प्रदर्शनका लागि यस्ता छनौट कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले खेलाडीहरूलाई मेहनत, अनुशासन र निरन्तर अभ्यासमार्फत प्रदेशको नाम उच्च राख्न आग्रह गर्नुभयो ।

    प्रमुख अतिथि समाजसेवी पाण्डेले खेलकुदले युवालाई सकारात्मक बाटोमा अघि बढाउने उल्लेख गर्नुभयो । उहाँले कराते जस्तो आत्मरक्षा तथा अनुशासनमुखी खेलको प्रवद्र्धन आवश्यक रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि खेलकुद क्षेत्रलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    त्यसै गरी शुभकामना मन्तव्य व्यक्त गर्दै सागर काफ्लेले प्रतियोगिताले खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनुभयो ।

    संघको लुम्बिनी प्रदेशका कोषाध्यक्ष तथा ए के एफ कोच मोहम्मद अलीले खेलाडी छनौट प्रक्रिया निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गरिएको जानकारी दिनुभयो । उहाँले सहभागी सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा सहयोगीप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आगामी राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजाका लागि तयारीलाई अझ प्रभावकारी बनाइने बताउनुभयो ।

    खेलाडी छनौट कार्यक्रममा प्रदेशभरीका कराते खेलाडीहरूको उत्साहजनक सहभागीता रहेको आयोजकले जनाएका छन् । छनौटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूले आगामी पाँचौँ वादोरियो राष्ट्रिय कराते प्रतियोगितामा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्नेछन् । उक्त प्रतियोगिता आगामी जेठ २४ र २५ गते काठमाडौंमा हुँदैछ ।

    यी हुन् छनौट भएका खेलाडी

    कुमितेतर्फ
    पुरुष (४५ के.जी.) : सुमन पचभैया

    ५० केजी : कृष्ण चिदी

    ५५ के.जी. : विशन थापा

    ६० के.जी. : सुप्रिम थापा

    ६५ माथि : सुजल चौधरी

    महिला

    ४५ के.जी. : सुरक्षा बुढा

    ५० केजी : समीक्षा कार्की

    ५५ केजी : दुर्गा पौडेल

    ६० केजी : जस्मिन कुवर

    कातातर्फ

    पुरुष : आयुस खनाल

    महिला : स्मृति थापा