२०८३, जेठ १० गते

May 24 2026 | २०८३, जेठ १० गते

पाकिस्तानी सेना प्रमुखको इरान भ्रमण

आइतवार , जेठ १०, २०८३

  • 163
    Shares
  • 163
    Shares
  • काठमाडौं, १० जेठ । पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनिरको हालै सम्पन्न इरानको औपचारिक भ्रमणका क्रममा दुई देशबीचको तनाव न्युनिकरण र आपसी समझदारीका दिशामा उत्साहजनक प्रगति भएको छ ।

    पाकिस्तानी सेनाले शनिबार जारी गरेको एक विज्ञप्तिअनुसार मुनिरको यो भ्रमणले दुई राष्ट्रबीच अन्तिम समझदारी कायम गर्ने दिशामा सकारात्मक वातावरण सिर्जना गरेको छ । सेनाको मिडिया विङ ‘इन्टर–सर्भिसेस पब्लिक रिलेसन’ (आईएसपीआर) ले जनरल मुनिरको संक्षिप्त तर ‘अत्यन्त उत्पादक’ भ्रमण सम्पन्न भएको जनाएको छ ।

    भ्रमणका क्रममा उनले इरानी राष्ट्रपति, संसदका सभामुख, विदेशमन्त्री र गृहमन्त्री लगायतका उच्चस्तरीय नेतृत्वसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । यी भेटघाटहरू क्षेत्रीय तनाव कम गर्ने र रचनात्मक संलग्नतालाई बढावा दिने उद्देश्यले भइरहेका निरन्तर मध्यस्थता प्रयासहरूको एक हिस्सा भएको विज्ञप्तिमा उल्लेख छ ।

    वार्ताका क्रममा क्षेत्रीय शान्ति र स्थिरतालाई टेवा पुरÞ्याउन र एक निष्कर्षपूर्ण सम्झौतामा पुग्नका लागि परामर्श प्रक्रियालाई तीव्रता दिने विषयमा छलफल केन्द्रित भएको थियो ।

    इरानी नेतृत्वले क्षेत्रीय समस्याहरूको शान्तिपूर्ण समाधान र संवादलाई सहज बनाउन पाकिस्तानले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गरेको आईएसपीआरले जनाएको छ । दुवै पक्ष क्षेत्रीय सुरक्षा सुदृढ बनाउन र आपसी हितका विषयमा मिलेर अगाडि बढ्न सहमत भएका छन् ।