२०८३, जेठ ८ गते

May 22 2026 | २०८३, जेठ ८ गते

खुला प्रतिष्पर्धाबाट पोख्रेल प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्त

शुक्रवार , जेठ ८, २०८३

  • 169
    Shares
  • 169
    Shares
  • दाङ, ८ जेठ । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्ष्र्धामार्फत छविराज पोख्रेल नियुक्त हुनुभएको छ । प्युठान झिमरुक गाउँपालिका–५ निवासी पोख्रेललाई शुक्रबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रमुख कार्यकारी अधिकृतका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    प्रदेश सरकारका प्रवक्ता एवं कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले मन्त्रिपरिषद् बैठकले पोख्रेललाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

    चारवर्षे कार्यकाल पूरा भएपछि उक्त पद रिक्त रहेको थियो । पदपूर्तिका लागि प्रदेश सरकारले कार्यविधि तयार गरी सार्वजनिक सूचना जारी गरेको थियो । सोही आधारमा सिफारिस समिति गठन गरी खुला प्रतिष्पर्धा प्रक्रिया सञ्चालन गरिएको थियो ।

    सिफारिस समितिले योग्यताक्रम अनुसार तीनजनाको नाम सिफारिस गरेको थियो । जसअनुसार पहिलो नम्बरमा छविराज पोख्रेल, दोस्रो नम्बरमा बुटवल उपमहानगरपालिका–१६, रुपन्देही निवासी मन्नु प्रसाद चौधरी र तेस्रो नम्बरमा झिमरुक गाउँपालिका–४, प्युठान निवासी प्रकाश जिसीको नाम सिफारिस गरिएको थियो ।

    योग्यताक्रम अनुसार पहिलो नम्बरमा रहेका पोख्रेललाई नै प्रदेश सरकारले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।