शुक्रवार , जेठ ८, २०८३
भैरहवा, ८ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालयद्वारा आयोजित निःशुल्क वृहत स्वास्थ्य शिविरमा ५ सय ८० जनाले सेवा लिएका छन् । नगरका तीन स्थानमा जेठ ५ देखि जेठ ७ गतेसम्म शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा ५ सय ८० जनाको स्वास्थ्य परीक्षण गरिएको नगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख माधव प्रसाद ज्ञवालीले जानकारी दिनुभयो । तीनदिने शिविरमा छाला रोग, महिला रोग तथा फिजिसियन विशेषज्ञ सेवा प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
शिविर जेठ ५ गते आधारभूत स्वास्थ्य सेवा सेवा केन्द्र सिद्धार्थनगर–१ बेलहिया, जेठ ६ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र सिद्धार्थनगर–९ मिश्रौलिया र जेठ ७ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र, भुजौलीमा सञ्चालन गरिएको नगर उपप्रमुख उमा अधिकारीले बताउनुभयो ।
त्यस्तै जेठ ४ गते नगरपालिकाको कार्यालयमा नसर्ने रोग स्क्रनिङ तथा जनचेतना कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा १३७ जनाको स्वास्थ्य परीक्षण गरिएको जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख माधव प्रसाद ज्ञवालीले बताउनुभयो ।
३० वर्षमाथिका समुदायस्तरमा बढ्दो नसर्ने रोगहरु (उच्च रक्तचाप, मधुमेह, मृगौला सम्बन्धी रोग) आदिको रोकथाम, पहिचान तथा व्यवस्थापनका लागि कार्यक्रम गरिएको ज्ञवालीले जानकारी दिनुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
