२०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

विपन्न बिरामीका लागि कालीगण्डकी अस्पताललाई सहयोग

शुक्रवार , जेठ ८, २०८३

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • बुटवल, ८ जेठ । लुम्बिनी सेवा समाज अमेरिकाले स्याङ्जाको कालीगण्डकी प्राकृतिक अस्पतालमा उपचाररत विपन्न तथा असहाय बिरामीहरूको सहयोगार्थ स्थापना गरिएको सहायता कोषका लागि ६१ हजार ८ सय ४८ रुपैयाँ प्रदान गरेको छ ।

    समाजका संस्थापक अध्यक्ष तथा संरक्षक जगदीश प्रसाद न्यौपाने र महिला संयोजक सुशिला न्यौपानेमार्फत उक्त रकम अस्पताललाई हस्तान्तरण गरिएको हो ।

    अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सालिकराम बस्यालले यस्ता मानवीय कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

    कार्यक्रममा कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष तथा अस्पतालका संरक्षक आचार्य चैतन्य कृष्ण, समाजसेवी बुद्धि सागर बस्याल, उपाध्यक्ष पदम अर्याल, अस्पतालकी चिकित्सक डा. रमा पोख्रेल, अस्पतालका प्राविधिक, कर्मचारी तथा स्थानीय अगुवाहरूको सहभागीता थियो ।

    वक्ताहरूले लुम्बिनी सेवा समाज अमेरिकाले गरेको सहयोगले आर्थिक अभावका कारण उपचारमा समस्या भोगिरहेका बिरामीलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेका थिए । उनीहरूले मानव सेवा, परोपकार र सामाजिक उत्तरदायित्वप्रति संस्थाले देखाएको प्रतिबद्धताको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै सहयोग निरन्तर रहने अपेक्षा व्यक्त गरे ।

    सो अवसरमा लुम्बिनी सेवा समाज अमेरिकालाई मातृ संस्था कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानको आजीवन सदस्यता प्रदान गरिएको थियो । कार्यक्रममा सहभागीहरूले संस्थालाई बधाई तथा शुभकामना समेत व्यक्त गरेका थिए । समितिका सचिव सोमनाथ न्यौपानेले संस्थाले गर्दै आएको कामबारे जानकारी दिनुभएको थियो ।