२०८३, जेठ ८ गते

May 22 2026 | २०८३, जेठ ८ गते

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य निर्वाचित

शुक्रवार , जेठ ८, २०८३

  • 265
    Shares
  • 265
    Shares
  • काठमाडौं, ८ जेठ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित हुनुभएको छ । 

    आज भएको निर्वाचनबाट उहाँ निर्वाचित हुनुभएको हो । महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणामअनुसार वैद्यले ५६ मत प्राप्त गर्दै विजय हासिल गर्नुभयो ।

    उहाँका प्रतिष्पर्धी रामचन्द्र सांघईले ३० मत प्राप्त गर्नुभयो । त्यसैगरी, महासंघको कोषाध्यक्ष पदमा मनिषलाल प्रधान विजयी हुनुभयो । प्रधानले ६१ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी अम्बिकाप्रसाद पौडेलले २५ मत प्राप्त गर्नुभयो ।