बिहिवार , जेठ ७, २०८३
दाङ, ७ वैशाख । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक बिहीबार (आज) बस्ने भएको छ । प्रदेश सभा सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ ।
बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा धारणा राख्ने कार्यसूची रहेको छ । त्यसै गरी आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको ‘बजेटका सिद्धान्त र प्राथमिकता’ सभामा पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगरले जानकारी दिनुभयो ।
त्यस्तै मुख्यमन्त्री चेतनारायण आचार्यले ‘महालेखा परीक्षकको पाँचौं वार्षिक प्रतिवेदन, २०७९’ सभामा पेश गर्नुहुनेछ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
