बुधवार , जेठ ६, २०८३
काठमाडौं,६ जेठ । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभामा पेश गरिएको छ ।
बुधबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो विधेयक पेश गर्नुभएको हो । त्यसैगरी उहाँले मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ पनि पेश गर्नुभयो ।
प्रतिनिधि सभाको अर्को बैठक जेठ ७ गते बिहीबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
